जेनजी आन्दोलनका घटनाप्रति नेपालस्थित सात देशका दूतावासहरूको गहिरो चिन्ता, संयमता अपनाउन आग्रह
सारांश
- अमेरिका सहित ७ देशका दूतावासले जेनजी आन्दोलनका घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।
- दूतावासहरूले हिंसात्मक घटनाहरूमा दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।
- विज्ञप्तिमा शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको अधिकारको समर्थन गरिएको छ।
काठमाडौँ । नेपालस्थित संयुक्त राज्य अमेरिकाका सहित सातका देशका दूतावासहरूले जेनजी आन्दोलनका घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।
सोमबार एक सयंयुक्त विज्ञप्ति जारी गर्दै संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र र बेलायत दूतावासहरूले जेनजी आन्दोलनका क्रममा देखिएका हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेका हुन्।
संयुक्त विज्ञप्तिमा काठमाडौँसहित नेपालका विभिन्न स्थानमा भएको घटनाले ज्यान गुमाउने अवस्था सिर्जना हुनु र कैयौं घाइते हुनु दुःखद भएको उल्लेख गर्दै पीडित परिवारजन र प्रभावितप्रति समवेदना प्रकट गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दछ।”
दूतावासहरूले सबै पक्षलाई अधिकतम संयमता अपनाउन, परिस्थितिलाई थप जटिल नबनाई शान्तिपूर्ण तरिकाले समाधान खोज्न र मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण