जेनजी आन्दाेलन
जेनजी आन्दोलनमा दमनप्रति आपत्ति जनाउँदै नेपाल इन्जिनियरिङ कलेज अनेरास्ववियु कमिटीको सामूहिक राजीनामा
मङ्गलबार, २४ भदौ २०८२, ०५ : ०३
सारांश
- भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको अनेरास्ववियु कमिटीले सामूहिक राजीनामा दिएको छ।
- कमिटीले सरकारको दमनकारी भूमिकाप्रति आपत्ति जनाउँदै जेनजी आन्दोलनमा मारिएका युवाप्रति दुःख व्यक्त गरेको छ।
- कमिटीले विद्यार्थी हकहितका लागि काम गरेको र शैक्षिक मुद्दामा प्रतिबद्ध रहने जनाएको छ।
काठमाडौँ। भक्तपुर, चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज अनेरास्ववियु क्याम्पस कमिटीले सामूहिक राजीनामा दिँदै कमिटी विघटन गर्ने घोषणा गरेको छ।
सोमबार जारी सूचना समितिले सरकारले जेनजी आन्दोलनका क्रममा अपनाएको दमनकारी भूमिकाप्रति गहिरो आपत्ति जनाउँदै यस्तो निर्णय गरिएको जनाएको हो ।
जारी सूचनामा भनिएको छ, “जेनजी पुस्ताका विद्यार्थी तथा युवामाथि भएको निर्मम दमन निन्दनीय छ। १९ जना युवाले ज्यान गुमाउनु परेको र सयौँ घाइते भएका घटनाले आमाबाबुको सपना, युवाको वर्तमान र मुलुकको भविष्य ढालेको छ।”
कमिटीले विगतमा विद्यार्थी हकहितका लागि कलेज स्तरदेखि केन्द्र स्तरसम्म नेतृत्व र सक्रियता जनाएको स्मरण गर्दै शैक्षिक मुद्दामा भने निरन्तर प्रतिबद्ध रहने जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण