डा. शेखर कोइराला चीन भ्रमण छोट्याएर बुधबार नेपाल फर्किँदै
मङ्गलबार, २४ भदौ २०८२, ०६ : २९
सारांश
- डा. शेखर कोइरालाले चीन भ्रमण छोट्याएर भोलि नेपाल फर्किने भएका छन्।
- नेपालको पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै उनले भ्रमण छोट्याएका हुन्।
- उनी चीनको सियान सहरमा एक गोष्ठीमा सहभागी हुन गएका थिए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो एक हप्ते चीन भ्रमण छोट्याएर भोलि (बुधबार) नेपाल फर्कने भएका छन्। नेपालमा विकसित पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै उनले भ्रमण छोट्याउने निर्णय गरेका उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।
चीनको सान्सी विश्वविद्यालयको निमन्त्रणामा सियान सहर पुगेका कोइराला "बेल्ट एन्ड रोड-क्षेत्रीय सहकार्य, प्रशासन र विकास गोष्ठी" मा प्रमुख वक्ताका रूपमा सहभागी हुन गएका थिए। यद्यपि, उनी निर्धारित समयभन्दा अगाडि नै स्वदेश फर्कने भएका छन्।
डा. कोइराला भोलि बुधबार रातीसम्म नेपाल आइपुग्ने कार्यक्रम छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण