मंगलबार बिहानैदेखि सुर्खेतमा जेनजीको आन्दोलन
सारांश
- सोमबार जेनजीको आन्दोलनमा १९ जनाको मृत्यु भएपछि सुर्खेतमा जेनजीहरुले प्रदर्शन गरेका छन्।
- प्रदर्शनकारीहरूले सरकार चरम भ्रष्टाचारमा लिप्त रहेको र प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको आरोप लगाए।
- आन्दोलनका कारण मध्यपश्चिम विश्वविद्यालयले परीक्षा रद्द गरेको छ भने केही निजी विद्यालयहरू बन्द छन्।
सुर्खेत । सोमबार जेनजीहरुको आन्दोलनमा १९ जनाको मृत्यु भएसँगै सुर्खेतमा मंगलबार बिहानैदेखि जेनजीहरु प्रदर्शनमा होमिएका छन् ।
‘जेनजी मार्न पाइँदैन, हत्यारा सरकार मुर्दावाद’ जस्ता नारा लगाउँदै बिहान ८ बजेदेखिनै जेनजीहरु वीरेन्द्रनगरको सडकमा निस्किएका हुन् ।
साथै उनीहरुले वर्तमान सरकार चरम भ्रष्टाचारमा लिप्त रहेको र त्यसको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरिरहेको आरोप लगाएका छन् ।
ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विरुद्धमा समेत उनीहरुले नारा लगाएका छन् । उनीहरु यतिबेला नारा लगाउँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् ।
जेनजी आन्दोलनमा विद्यार्थीको मृत्यूसँगै सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालयले परीक्षाहरू रद्द गरेको छ भने वीरेन्द्रनगरका केही निजी विद्यालयहरुले बिदा समेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण