केपी ओली र जेनजीको हत्यामा संलग्न प्रहरी अधिकारीलाई पक्राउ गर्न आम जनता पार्टीको माग
काठमाडौँ । आम जनता पार्टीले जेनजी पुस्ताको आन्दोलनमा भएको गोली काण्डको कडा विरोध गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र घटनामा संलग्न प्रहरी अधिकारीलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ।
पार्टीका केन्द्रीय प्रवक्ता चन्द्रभूषण साहले सोमबार जारी गरेको विज्ञप्तिमा निर्दोष युवा–विद्यार्थीमाथि गरिएको गोली प्रहारलाई ‘निर्मम नरसंहार’ को संज्ञा दिँदै यसलाई मानवता विरोधी कायर हर्कत भनेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘कलिला उमेरका अबोध युवा–विद्यार्थीहरूको निर्मम नरसंहारको आदेश दिने प्रधानमन्त्री ओली र यस जघन्य अपराधमा संलग्न प्रहरी अधिकारीहरूलाई तुरुन्त गिरफ्तार गरी कारबाही अगाडि बढाउनुपर्छ।’
साहले ओली नेतृत्वको सरकार जनविश्वास र राजनीतिक वैधता गुमाइसकेको दाबी गर्दै वर्तमान सङ्कट समाधानका लागि अन्तरिम सरकार गठनबाहेक अर्को विकल्प नभएको पनि स्पष्ट पारेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण