कम्पनी राष्ट्रिय दायित्वबाट कहिल्यै विमुख हुँदैन : हिमालय एयरलाइन्स
काठमाडौं । हिमालय एयरलाइन्सले हाल सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममार्फत प्रसारित भइरहेका आफ्ना उडानसम्बन्धी समाचारहरूलाई असत्य र भ्रामक भन्दै खण्डन गरेको छ।
एयरलाइन्सले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा दुबई उडान नियमित तालिकाअनुसार नै भइरहेको स्पष्ट पार्दै अफवाहमा नपर्न सबैलाई आग्रह गरेको छ।
'हाम्रो दुबई उडान नियमित तालिकाअनुसार सञ्चालन हुने उडान हो। प्रचारमा आएका हल्ला र अफवाहमा कुनै सत्यता छैन," विज्ञप्तिमा भनिएको छ।
कम्पनीले आफू कहिल्यै पनि राष्ट्रिय दायित्वबाट विमुख नहुने पुनः दोहोर्याउँदै कोभिड–१९ को समयमा उद्धार उडानमार्फत दायित्व निर्वाह गरेको उदाहरण समेत प्रस्तुत गरेको छ। केही अनलाइन पोर्टलहरूले प्रधानमन्त्री स्वास्थ्य उपचारका नाममा दुबई उड्ने तयारी भएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कम्पनीले त्यसलाई कपोकल्पित र भ्रामक बताएको छ।
यस्ता अपुष्ट समाचारको भ्रममा नपर्न आग्रह गर्दै हिमालय एयरलाइन्सले यात्रु सेवामा सदैव जिम्मेवार र बफादार भएर लाग्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण