सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न जेनजीलाई मेयर हमालको अपिल
सारांश
- धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले आन्दोलनकारीहरूलाई बधाई दिए र सार्वजनिक सम्पत्तिको सुरक्षाको लागि अपिल गरे।
- मेयर हमालले सार्वजनिक सम्पत्ति जनताको करबाट बनेको र यसलाई नोक्सान गर्दा जनतालाई नै घाटा हुने बताए।
- उनले आन्दोलनमा घुसपैठको सम्भावना रहेकोले थप संयम अपनाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आग्रह गरे।
धनगढी । धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले ‘जेनजी पुस्ता’ का आन्दोलनकारीहरूलाई आन्दोलन सफल भएकोमा बधाई दिँदै सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि अपिल गरेका छन्। उनले आन्दोलनकारीहरूलाई जितको खुसी मनाउँदै गर्दा सरकारी र सार्वजनिक सम्पत्तिको नोक्सान नगर्न आग्रह गरेका हुन्।
मेयर हमालले सामाजिक सञ्जाल फेसबुकमार्फत गरेको अपिलमा सार्वजनिक सम्पत्ति जनताकै करबाट बनेको र यसलाई नोक्सान गर्दा अन्ततः जनतालाई नै घाटा हुने कुरामा जोड दिएका छन्। उनले भने, ‘यो जति सार्वजनिक सम्पत्ति छन्, यी सम्पत्ति सबै हाम्रै हुन्। हाम्रै करबाट उठेको पैसाबाट बनाएको चीज हुन्।’
भ्रष्टाचार गरेर आर्जन गरिएको निजी सम्पत्तिमाथि आन्दोलन केन्द्रित गर्नुलाई त्यति नराम्रो नमानिने तर सार्वजनिक सम्पत्तिको नोक्सान गर्नुको कुनै औचित्य नभएको उनको भनाइ छ। उनले आन्दोलनमा घुसपैठको सम्भावना रहने भएकाले थप संयम अपनाउन पनि अनुरोध गरेका छन्।
‘जे भयो आजसम्म भयो, भोलिदेखि यो नहोस्,’ उनले अपिलमा भनेका छन्। उनले धनको क्षति हुनुभन्दा अगाडि जनको क्षति भएको कुरा पनि उल्लेख गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबैलाई आग्रह गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण