कानुनी शासन स्थापित गर्न सहयोगका लागि प्रहरीको अपिल
काठमाडौँ । नेपाल प्रहरीले जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको अप्रत्याशित र दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति पुनर्स्थापनाका लागि सबैलाई सहयोग गर्न आग्रह गरेको छ।
प्रहरी महानिरीक्षकको सचिवालयले एक अपिल जारी गर्दै यो कठिन घडीमा सबै नेपाली र प्रहरीले राष्ट्रको सुरक्षा, हित र अपराध नियन्त्रणका लागि एकजुट हुन जरुरी रहेको बताएको छ।
आन्दोलनका क्रममा नागरिक र प्रहरी दुवैको दुःखद निधनले सबैलाई मर्माहत बनाएको उल्लेख गर्दै नेपाल प्रहरीले भएको जनधनको क्षतिलाई अपूरणीय र दुःखद भनेको छ। प्रहरीले शान्तिपूर्ण सहकार्यमार्फत घाइतेहरूको उद्धार, उपचार र क्षतिको पुनर्निर्माण गर्न तथा कुनै पनि आपराधिक समूहबाट हुन सक्ने थप क्षति रोक्न सबैको साथ र सहयोग अपरिहार्य रहेकोमा जोड दिएको छ।
अपिलमा सार्वजनिक शान्ति, अमनचयन, अपराध नियन्त्रण र अनुसन्धान गरी कानुनी शासन स्थापित गर्नका लागि प्रहरीलाई सहयोग गर्न सबैमा हार्दिक अनुरोध गरिएको छ।
नेपाल प्रहरीले यस विषम परिस्थितिमा नागरिक-प्रहरी साझेदारीको माध्यमबाट शान्ति पुनर्स्थापनाका लागि आफ्नो राष्ट्रिय दायित्व निर्वाह गर्न प्रतिबद्ध रहेको समेत जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण