गौर कारागारबाट भागेका ३४ कैदी पक्राउ, सयौँ अझै फरार
सारांश
- रौतहटको गौर कारागारमा कैदीबन्दीहरूले तोडफोड गरी सयौंको संख्यामा फरार भए।
- प्रहरीले केही कैदीलाई नियन्त्रणमा लिएको छ भने फरारहरूको खोजी कार्य जारी छ।
- जेनजी आन्दोलनका कारण दिनभर तनावग्रस्त बनेको रौतहटमा कैदीहरूले मौकाको फाइदा उठाए।
रौतहट। जेनजी आन्दोलनका कारण दिनभर तनावग्रस्त बनेको रौतहटको सदरमुकाम गौरस्थित कारागार मंगलबार राति रणभूमि बनेको छ।
कारागारमा भएको हुलहुज्जतपछि सयौँ कैदी भाग्न सफल भएका हुन्। सुरक्षाकर्मीले प्रारम्भिक अवस्थामा ३४ जनालाई नियन्त्रणमा लिन सफल भए पनि अझै धेरै कैदी फरार रहेको पुष्टि भएको छ।
गौर कारागारमा २९१ कैदीबन्दी रहेका थिए। तीमध्ये २४ जना बाहेक सबैले कारागार तोडफोड गरी भाग्ने प्रयास गरेका थिए। प्रहरी स्रोतका अनुसार सुरुवाती रूपमा ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो भने थप केही जनालाई भारतको सीमा नजिकै पुगेपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्राउ गरेको खबर आएको छ।
बाँकी फरार कैदीहरूको खोजतलास नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्रमणि गिरीले बताए।
मंगलबार दिनभर रौतहटमा भएको जेनजी आन्दोलनकै क्रममा स्थानीय प्रशासन र सुरक्षाकर्मी चर्को दबाबमा थिए। यही अवस्थाको फाइदा उठाउँदै कैदीहरुले राति कारागार तोडफोड गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण