दोलाखामा अनिश्चितकालीन निषेधाज्ञा जारी, भेला र प्रदर्शनमा रोक
बुधबार, २५ भदौ २०८२, ०९ : ४९
सारांश
- दोलखा जिल्ला प्रशासनले शान्ति सुरक्षा कायम राख्न अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।
- बुधबार बिहान ९ बजेदेखि लागू हुने यो आदेश अर्को सूचना नआएसम्म कायम रहनेछ।
- जिल्लाभर भेला, जुलुस, प्रदर्शन, सभा वा घेराउजस्ता गतिविधि गर्न रोक लगाइएको छ।
दोलखा । जिल्लाको शान्ति सुरक्षा कायम राख्न भन्दै दोलखा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। बुधबार बिहान ९ बजेदेखि लागू हुने गरी जारी गरिएको यो आदेश अर्को सूचना नआएसम्म कायम रहनेछ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार, काठमाडौं उपत्यका र देशका अन्य भागमा भएका प्रदर्शनपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै जिल्लाको शान्ति सुरक्षा सुदृढ बनाउनका लागि स्थानीय प्रशासन ऐन, २०२८ अनुसार निषेधाज्ञा जारी गरिएको हो।
जारी आदेशमा जिल्लाभर कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न पूर्ण रूपमा रोक लगाइएको छ। आदेशको उल्लङ्घन गर्ने वा पालना गर्न बाधा पुऱ्याउने व्यक्तिलाई कानुनबमोजिम कारबाही गरिने पनि प्रशासनले चेतावनी दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण