मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन्, ‘नागरिकको चाहना बुझ्ने नेता चुनिनुपर्छ’

बुधबार, २५ भदौ २०८२, ११ : ५६
बुधबार, २५ भदौ २०८२

सारांश

  • वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले देशका लागि नेता नागरिकको चाहना बुझ्ने हुनुपर्ने बताए ।
  • उनले भ्रष्टाचारी थुन्नुपर्ने धारणा राख्दै युवा पुस्तालाई नेतृत्व सुम्पिनुपर्ने विचार व्यक्त गरे ।
  • श्रेष्ठले युवा पुस्ताको एकताले संसारलाई देखाएको र नयाँ नेपाल बनाउनुपर्ने कुरामा जोड दिए ।

काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले अब देशका लागि नेता नागरिकको चाहना बुझ्ने चुनिनु पर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा एकपोष्ट गर्दै उनले भ्रष्टाचारी थुनिनुपर्ने धारणा समेत अगाडि सारेका छन् ।

‘देश र समयले अहिले परिवर्तन चाहिरहेको छ । ५० वर्ष पहिलेका  युवाहरू भन्दा अहिलेका युवाहरू धेरै शिक्षित र बौद्धिक छन् । समय अनुसार नहिड्नेहरुलाई समयले छोडिदिन्छ भन्ने कुरा त हामी सबैले प्रस्टैसँग देख्यौँ’, उनी अगाडि भन्छन् ‘हामीले आफ्नो समयमा समयले अह्राएको कामहरू गर्‍यौँ । अबको यो समयले युवा पुस्तालाई नै नेतृत्वको जिम्मा दिनुपर्छ भन्ने प्रस्टै छ किनभने समयको प्रतिनिधित्व युवाहरूले गरेको हुन्छ ।’

युवाहरूको माग नै समयको माग भएको धारणा राख्ने श्रेष्ठ थप्छन्, ‘राखेका श्रेष्ठले युवा शक्ति कति बलियो हुन्छ भन्ने कुरा नेपालका जेनजीको एकताले संसारलाई देखाइदिए । अबको समय हामी संयम भएर संसार भरि छरिएर बसेका नेपालीहरू समेत एकजुट  भएर हाम्रा अमूल्य भौतिक संरचनाहरूलाई जोगाउने, संरक्षण गर्ने, पुन निर्माण गर्ने र भ्रष्टाचार रहित विधिको शासन पद्धति अपनाउँदै नयाँ नेपाल बनाएर विश्वलाई देखाउने बिन्दुमा आइपुगेका छौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप