पोखरामा भलिबल खेलाडी अलपत्र, विमानस्थल खुले विदेशी खेलाडी घर पठाउने तयारी
काठमाडौँ । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्यूभीएल) खेलिरहेका टिमहरूले आफ्ना खेलाडीलाई काठमाडौँ ल्याउन मुस्किल भएको छ ।
सोमबारबाट भएको जेनजी आन्दोलका कारण खेलडीहरू काठमाडौँ आउन नपाएर पोखरामा अलपत्र परेका हुन् । खेलाडी बसेको होटल पनि जलेको छ । काठमाडौँ स्पाइकर्स र पोखरा निजज बसेको सरोबर होटल जलेपछि खेलाडीहरू अन्यत्र सारिएको छ ।
पोखरामा चलिरहेको प्रतियोगिता जेनजी आन्दोलनका कारण मंगलबार नै स्थगित भएको थियो ।
मेधेस युनाइटेडका टिम मालिक रोहित अग्रवालले खेलाडीहरू काठमाडौँ ल्याउने तयारी भए पनि त्रिभुवन विमानस्थल बन्द हुँदा समस्या भएको बताए । ‘हामीले खेलाडीहरू काठमाडौँ ल्याएर विदेशी खेलाडीलाई उनीहरूको देशमा छिट्टै पुगाउने योजना बनाएका छौं । तर, विमास्थल बन्द हुँदा असहज भएको छ,’ अग्रवालले रातोपाटीसँग भने ।
यता कर्णाली एसविस पनि आफ्ना खेलाडीहरूलाई जति सक्दो छिटो काठमाडौँ ल्याउने तयारीमा छ ।
‘हामी विमानस्थल खुल्ने समय पर्खेका छौं । चाँडै खुलेमा खेलाडीलाई काठमाडौँ पुगाउने तयारी छ । त्यसपछि विदेशी खेलाडीलाई घर फर्काउने तयारी छ,’ कर्णालीका टिम मालिक मध्यका एक कृष्ण विकले रातोपाटीलाई भने ।
यता ललितपुर क्विन्सका टिम मालिक रमेश पराजुलीले आफ्नो खेलाडीहरू सुरक्षित अवस्थामा भएको तर, विमानस्थल खुलेपछि काठमाडौँ ल्याउने र विदेशी खेलाडी घर पठाउने मुख्य योजना भएको बताए ।
‘सबैभन्दा पहिला खेलाडी काठमाडौँ ल्याउने तयारी छ । त्यसपछि विदेशी खेलाडीलाई सकुसल आफ्नो घर पठाउने तयारी छ,’ पराजुलीले रातोपाटीसँग भने ।प
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण