रवीन्द्र मिश्रद्वारा कविता संग्रह विमोचन स्थगित, ‘नवीन समझदारी’मा जान आग्रह
काठमाडौँ । जेनजी आन्दोलनपछिको परिस्थितिलाई मध्यनजर गर्दै राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रले शुक्रबारका लागि तय भएको आफ्नो कविता संग्रह विमोचन कार्यक्रम स्थगित गरेका छन्।
सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै मिश्रले चरम पीडा र क्षतिको यो घडीमा कार्यक्रम गर्नु उचित नठानेको बताए ।
मिश्रले आफूले ‘नवीन समझदारी’बारे तीन वर्षदेखि आफूले भन्दै आएको पनि स्मरण गरे। 'एक पटक होइन, दुई पटक होइन, दर्जनौँ पटक मैले शान्तिपूर्ण संक्रमणमार्फत ‘नवीन समझदारी’ मा जानुपर्ने कुरा भनेँ। तर मलाई खिस्याइयो, व्यङ्ग्य गरियो, दानवीकरण गरियो,' उनले उल्लेख गरेका छन्।
उनले कामचालाउ प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर समेत देशको वास्तविक अवस्था बुझ्न आग्रह गरेको तर आफ्नो भनाइलाई गम्भीरतापूर्वक नलिइएको टिप्पणी गरे।
'आगो निभ्छ, खरानी माटोमा मिल्छ, तर कालो इतिहास कहिल्यै मर्दैन,' भन्दै मिश्रले अहिलेको स्थितिबाट कसैले पनि खुशी नहुने बताउँदै फेरि पनि ‘विचारभन्दा माथि देश’ राखेर नयाँ समझदारीमा जान सबैलाई आह्वान गरेका छन्।
उनले बहकावामा नपरी, जेन्जी पुस्ताको भविष्यलाई केन्द्रमा राखेर मात्र मुलुकलाई जोगाउन सकिने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण