यस्तो छ बीपी प्रतिष्ठानमा उपचाररत घाइतेको विवरण
बुधबार, २५ भदौ २०८२, १८ : २२
काठमाडौँ । भदौ २४ गते भएको जेनजीको प्रदर्शनका क्रममा घाइते भई आएका ७ जनाको उपचार गरिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ ।
घाइतेमध्ये ६ जना उपचारपछि डिस्चार्ज गरिएको छ भने १ जना घाइते २२ वर्षीय पूर्ण परियारको अस्पतालको इमर्जेन्सीमा उपचार भइरहेको प्रतिष्ठानकी प्रवक्ता प्रा. डा अन्जु प्रधानले जानकारी दिएकी हुन् ।
यसअघि भदौ २३ गतेको प्रदर्शनमा ११ जना घाइते प्रतिष्ठानमा आएका थिए । घाइतेमध्ये ६ जनाको उपचार पश्चात् डिस्चार्ज गरिएको छ भने ३ जनाको भने उपचार भइरहेको छ ।
प्रवक्ता प्रधानका अनुसार २ जनाको भने प्रतिष्ठानमा ल्याइँदा नै मृत्यु भइसकेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण