विध्वंसात्मक र विनाशकारी घटनाहरू कसरी घटाइए, यथार्थ छानबिन हुनैपर्छ : शंकर पोखरेल
काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले शान्तिपूर्ण हुने भनिएको जेनजी प्रदर्शन विध्वंसात्मक र विनाशकारी भएको भन्दै यथार्थ छानबिन हुनुपर्ने बताएका छन् ।
उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो बताएका हुन् उनले लेखेका छन्,प्रदर्शन शान्तिपूर्ण रहने आयोजकहरूको पूर्व घोषणा विपरीत र यसमा कुनै संलग्नता नरहेको उहाँहरूको स्पष्टोक्तिका बाबजुद यस्ता विध्वंसात्मक र विनाशकारी घटनाहरू कसबाट र कसरी घटाइए, यसको यथार्थ छानबिन हुनैपर्छ । यस क्रममा राज्यका सुरक्षा निकायहरूको भूमिकाको पनि समीक्षा हुनुपर्छ ।
समग्र स्थितिको वस्तुनिष्ठ विश्लेषण र यस क्रममा कुनै कमी रहेका भए तिनको पनि समीक्षा उपयुक्त समयमा हुने उनको भनाइ छ । प्रधानमन्त्रीको राजीनामापछिको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाट खोजिनुपर्ने समेत उनले बताए ।
लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई कुनै पनि अर्थमा कमजोर गर्न नहुने र समाधानका प्रत्येक प्रयासले लोकतन्त्रलाई थप सुदृढ गर्नुपर्ने आफूहरूको मान्यता रहेको समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण