नख्खु कारागारबाट भागेका तीन जना धादिङबाट पक्राउ
बुधबार, २५ भदौ २०८२, २३ : ४८
सारांश
- ललितपुरको नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको गल्छीबाट नियन्त्रणमा लिइयो।
- पक्राउ पर्नेमा जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका व्यक्तिहरू छन्।
- नेपाली सेनाले उनीहरूलाई पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको छ।
धादिङ। बिहीबार ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको गल्छी बैरेनीबाट नियन्त्रणमा लिइएको छ ।
नेपाली सेनाले बुधबार जेनजी आन्दोलनका क्रममा भागेका सुर्खेतका ४८ वर्षीय लालबहादुर नेपाली, ४१ वर्षीय अमरबहादुर दमाई र बारा सिमराका २४ वर्षीय अनास राईलाई नियन्त्रणमा लिएको हो ।
धादिङको गजुरीस्थित भैरबनाथ गणका कर्णेल अशिम श्रेष्ठले लुकिछिपी भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका तीनै जना जबरजस्ती करणीको मुद्दामा सजाय भोगिरहेको खुलेको छ भने तीनै जनालाई प्रहरीको जिम्मा लगाइएको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण