चितवनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी: भेला र प्रदर्शनमाथि रोक
सारांश
- चितवन जिल्ला प्रशासनले कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको छ, जसले भेला, जुलुस र प्रदर्शनमा रोक लगाएको छ।
- प्रशासनले जेनजी समूहको प्रदर्शनपछिको हिंसात्मक घटना र सार्वजनिक क्षतिको कारण कर्फ्यु लगाएको थियो।
- सुरक्षा समितिले व्यवसायीलाई बाहिरी जिल्लाबाट आउने प्रदर्शनकारीलाई आश्रय नदिन चेतावनी दिएको छ।
मकवानपुर । जिल्ला प्रशासन कार्यालय चितवनले केही दिनदेखि लगाएको कर्फ्यु हटाएर जनजीवनलाई सहज बनाउने प्रयास गरेको छ। तर, जिल्लाको शान्ति सुरक्षाको अवस्था पूर्ण रूपमा सामान्य भइनसकेको भन्दै प्रशासनले कुनै पनि प्रकारको भेला, जुलुस र प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन्। आदेशअनुसार, जिल्लामा सभा, बैठक, जुलुस, प्रदर्शन र घेराउ जस्ता गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
केही दिनअघि जेनजी समूहको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटना र सार्वजनिक सम्पत्तिको क्षतिपछि जिल्ला सुरक्षा समितिले स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु लगाएको थियो। सुरक्षा स्थितिमा क्रमशः सुधार आएपछि कर्फ्यु हटाइएको प्रशासनले जनाएको छ।
व्यवसायीलाई चेतावनी, सुरक्षाकर्मी उच्च सतर्कतामा
यसैबिच, जिल्ला सुरक्षा समितिले एक विशेष अपिल जारी गर्दै निषेधाज्ञाको पूर्ण पालना गर्न सबैमा आग्रह गरेको छ। समितिले बाहिरी जिल्लाबाट आउने प्रदर्शनकारीलाई होटल तथा लजमा बास नदिन व्यवसायीहरूलाई कडा चेतावनी दिएको छ। अटेर गरेमा कानुनबमोजिम कारबाही हुने स्पष्ट पारिएको छ।
शान्ति सुरक्षामा खलल पुर्याउने कुनै पनि गतिविधिलाई निस्तेज पार्न सुरक्षाकर्मीलाई हतियारसहित उच्च सतर्कतामा राखिएको र आवश्यक परे बल प्रयोग गर्न सक्ने अधिकार दिइएको समितिले जनाएको छ।
प्रशासनले कुनै पनि किसिमको हिंसात्मक वा आपराधिक गतिविधि हुन लागेको देखेमा तत्काल प्रहरीलाई खबर गरी सहयोग गर्न आम नागरिकमा अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण