आन्दोलनका क्रममा लुटिएका सुरक्षाकर्मीका हतियार तथा सरसामान फिर्ता गर्न प्रहरीको अपिल
काठमाडौँ । नेपाल प्रहरीले आन्दोलनका क्रममा लुटिएका सुरक्षाकर्मीका हतियार तथा अन्य सरसामान फिर्ता गर्न सार्वजनिक अपिल गरेको छ ।
प्रहरी महानिरीक्षकको सचिवालयले बिहीबार विज्ञप्ति जारी गर्दै भदौ २३ देखि २५ गतेसम्म भएको प्रदर्शनका क्रममा नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायका हातहतियार, सञ्चार साधन लगायत अन्य भौतिक साधन नियन्त्रणमा लिएको वा कतै फेला पारेको भए स्थानीय प्रहरी वा सुरक्षा निकायको कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन अपिल गरेको हो ।
त्यस्ता सामान फेला पारेको भए प्रहरी कन्ट्रोल नम्बर १०० वा टोल फ्री नम्बर १६६००१४१५१६ वा नेपाल प्रहरी, प्रधान कार्यालयको सम्पर्क नम्बर ९८५१२९३४५९ मा सम्पर्क गरी फिर्ता बुझाउन महानिरीक्षकको सचिवालयले अपिल गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएको प्रहरीको पोशाकहरू दुरुपयोग नगर्न हुन र सोसँग सम्बन्धित सूचनाहरू समेत उपलब्ध गराउन सर्वसाधारणहरूलाई नेपाल प्रहरी अनुरोध गर्दछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण