सुर्खेतमा निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा ६ जना पक्राउ
सारांश
- सुर्खेत प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा जुम्ला, सुर्खेत, कालिकोट र अन्य स्थानका व्यक्तिहरू रहेका छन्।
- प्रहरीले निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गर्दै उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले निषेधाज्ञाको अवज्ञा गरेको कसुरमा ६ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार वीरेन्द्रनगरका विभिन्न स्थानमा निषेधाज्ञा पालना नगरी हिँडडुल गर्नेहरूलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा जुम्लाका बद्री बोहोरा, सुर्खेत विजौराका मोहन थापा, कालिकोटको पचालझरनाका महेश बुढाथोकी, तिलागुफाका प्रेम कुँवर, शुभकालिकाका पुष्पराज शाही र पचालझरनाका मिलन बस्नेत छन् ।
शान्ति सुरक्षा र जनस्वास्थ्यलाई ध्यानमा राखी जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने कार्यलाई प्रहरीले कडाइका साथ निगरानी गरिरहेको बुढथापाले बताए ।
प्रहरीले निषेधाज्ञाको पूर्ण पालना गर्न सबैलाई आग्रह गर्दै नियम उल्लंघन गर्ने जो कोहीलाई पनि कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ । निषेधाज्ञा बिहीबार बिहान ८ः३० बजेदेखि साँझ ६ः ०० बजेसम्म जारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण