को हुन् चार्ली कर्क ?
काठमाडौँ । अमेरिकाको युटा विश्वविद्यालयमा विद्यार्थीहरूको भीडको अगाडि रूढिवादी कार्यकर्ता र राष्ट्रपति डोनाल्ड ट्रम्पका घनिष्ठ मित्र चार्ली कर्कको गोली हानेर हत्या गरियो ।
गोली हानिएको समयमा उनी क्याम्पस भित्रको मञ्चबाट विद्यार्थीहरूलाई सम्बोधन गरिरहेका थिए, त्यही क्रममा उनको घाँटीमा गोली लाग्यो ।
कर्कले ‘द अमेरिकन कमब्याक टुर’ अन्तर्गत कयौँ राज्यमा गएर विद्यार्थीहरूलाई सम्बोधन गरिरहेका थिए । यस टूरकै क्रममा उनी युटा विश्वविद्यालयमा पुगेका थिए ।
उनी ट्रम्पको पार्टी रिपब्लिकनका कट्टर समर्थक थिए । २०२४ को राष्ट्रपति चुनावमा ट्रम्पको पक्षमा युवा मत जुटाउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । बुधबार दिउँसो १२ बजेतिर कर्कलाई गोली हानियो । गोली उनको घाँटीमा लाग्यो र उनको मृत्यु भयो ।
आफ्नो मिल्ने साथीको हत्यापछि ट्रम्प दुःखी भएका छन् । यस घटनाको लागि उनले कट्टरपन्थी वामपन्थीहरूलाई दोष दिएका छन् ।
भिडियो सन्देश सेयर ट्रम्पले कर्कको हत्यालाई जघन्य अपराध र अमेरिकाको लागि कालो दिन भनेका छन् । कर्क एक सच्चा देशभक्त भएको अनि उनी युवाहरूमाझ लोकप्रिय रहेको र उनले खुला दृष्टिकोणका साथ बहस गर्ने गरेको पनि पोष्टमा ट्रम्पले भनेका छन् ।
चार्लीले लाखौं मानिसहरूलाई प्रेरित गरेको अनि उनको मृत्युले ती सबै स्तब्ध भएको पनि ट्रम्पले बताए । कर्कको हत्यालाई ट्रम्पले कट्टरपन्थी वामपन्थीहरूको बयानबाजीलाई दोष दिए ।
वर्षौँदेखि कट्टरपन्थी वामपन्थीहरूले चार्ली जस्ता प्रतिभाशाली अमेरिकीलाई नाजी र विश्वका सबैभन्दा खराब हत्याराहरू अनि अपराधीहरूसँग तुलना गर्दै आएको उनले बताए ।
अमेरिकामा देखिएको आतङ्कवादको लागि यस्तो बयानबाजी प्रत्यक्ष रूपमा जिम्मेवार भएकोले यसलाई अब रोक्नुपर्ने पनि उनले भिडियोमा भने । कर्कको सम्मानमा ट्रम्पले राष्ट्रिय झन्डा आइतबारसम्म आधा झुकाउन आदेश दिएका छन् ।
आकाश र जमिन जता गएपनि कर्कका हत्यारालाई खोजेरै छाड्ने बताइएको छ । हत्यारा खोज्न हरेक घरमा खोजी अभियान सुरु गरिएको छ । तर, अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । यसअघि प्रहरीले एक संदिग्धलाई हिरासतमा लिएको थियो । तर सोधपुछपछि ती व्यक्तिलाई रिहा गरियो ।
कर्क टर्निङ प्वाइन्ट युएसए (टीपीयूएसए)का कार्यकारी निर्देशक थिए । यो एउटा विद्यार्थी सङ्गठन हो । यसको उद्देश्य उदारवादी अमेरिकी कलेजहरूमा रूढिवादी विचारधाराको प्रचार गर्नु हो । कर्क ३२ वर्षका थिए ।
उनी ट्रम्पका निकटतम सहयोगीहरू मध्ये एक थिए । उनी अमेरिकाका सबैभन्दा हाई–प्रोफाइल रूढिवादी कार्यकर्ता र मिडिया व्यक्तित्वहरू मध्ये एक थिए ।
कर्कका बुबा एक वास्तुकार थिए । कर्कले सिकागोको एक कलेजमा अध्ययन गरेका थिए । तर आफ्नो पढाइ नै छोडेर उनी राजनीतिमा आए । कर्कले २०२० मा ‘द म्यागा डक्ट्रिन’ पुस्तक लेखेका थिए ।
यो पुस्तकमा ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ अभियानलाई उल्लेख गरिएको थियो । कर्क र उनको टोलीले गत वर्षको राष्ट्रपति चुनावमा ट्रम्प र रिपब्लिकन उम्मेदवारहरूको समर्थन जुटाउन पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
कर्क विवादास्पद बयानबाजीका कारण सधैँ चर्चामा रहन्थे । अति–दक्षिणपन्थी विचारधाराका कारण पनि उनी सधैँ उदारवादीहरूको निशानामा पर्थे ।
दासत्वदेखि गर्भपतन, महिला विरोधी बयान र रङ्गभेदसम्मका सबै कुरामा उनको टिप्पणी विवादास्पद थिए । उनको ‘द चार्ली कर्क शो’ पोडकास्ट पनि सबैभन्दा विवादास्पद पोडकास्ट मध्ये एक मानिन्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकार आएयता ४९५ बिचौलिया र लुटपाट गर्ने १३ हजारभन्दा बढी समातिए
-
प्रचण्डको व्यङ्ग्य, ‘चुनावमा जमानत जफत भएका युवालाई अहिल्यै नेतृत्व चाहियो’
-
सहकारीका १७ सयभन्दा बढी बचतकर्ताले पाए बचत फिर्ता
-
गण्डकी प्रदेशका ५ अग्रज पत्रकार पोखरामा सम्मानित
-
कागजी प्रमाणकै भरमा मात्र धेरैले कैद जीवन बिताइरहेका छन्: मुख्यमन्त्री यादव
-
१०० दिनमा हेलो सरकारमा आउने उजुरी ६०० प्रतिशतले बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण