अन्तरिम सरकार शीघ्र गठन गर्न आग्रह
सारांश
- मानव अधिकार तथा शान्ति समाजले अन्तरिम सरकार गठन गर्न आग्रह गरेको छ।
- समाजले युवाको हत्या दुखद भएको र सार्वजनिक सम्पत्ति क्षतिप्रति चिन्ता व्यक्त गरेको छ।
- समाजले अन्तरिम सरकारको प्रमुख दायित्व नागरिक सुरक्षा, कानुनको पुनःस्थापना हुनुपर्ने जनाएको छ।
काठमाडौँ। मानव अधिकार तथा शान्ति समाजले देशमा विद्यमान तरल राजनीतिक अवस्थालाई चिर्दै अन्तरिम सरकार चाँडै गठन गर्न आग्रह गरेको छ।
समाजकी सभापति रेनुका पौडेलद्वारा बिहीबार जारी विज्ञप्तिमा जेनजी पुस्ताले आह्वान गरेको भ्रष्टाचार विरोधी आन्दोलन नेपालको इतिहासमै अभूतपूर्व भएको उल्लेख छ। आन्दोलन सफल भए पनि आन्दोलनका क्रममा भदौ २३ गते १९ जना युवाको गोली प्रहारबाट भएको हत्या अत्यन्तै दुखद भएको समाजले स्मरण गराएको छ। त्यस्तै आन्दोलनपश्चात सार्वजनिक सम्पत्ति क्षति, निजी सम्पत्ति लुटपाट, प्रेस संस्थामा तोडफोड र आगजनी जस्ता गतिविधिप्रति समाजले चिन्ता व्यक्त गरेको छ।
विज्ञप्तिमा आन्दोलनको सफलतापछि देशमा राजनीतिक रिक्तता सिर्जना भएको भन्दै प्रशासनिक र सुरक्षात्मक संरचना कमजोर बनेको अवस्था खतरनाक हुने चेतावनी दिइएको छ। यस्तो परिस्थितिमा नेपाली सेनाले लिएको पहल सराहनीय भए पनि दीर्घकालीन समाधान अन्तरिम सरकार गठन नै भएको समाजको निष्कर्ष छ।
समाजले राष्ट्रपतिबाट चाँडै अन्तरिम सरकार गठन हुनेमा आशा व्यक्त गर्दै भ्रष्टाचारमा संलग्न शीर्ष नेताहरूमाथि कानूनी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएको छ।
लोकतान्त्रिक गणतन्त्र र नागरिक स्वतन्त्रतामाथि आघात पुर्याउने कुनै पनि प्रयास अस्वीकार्य हुने चेतावनी दिँदै समाजले अन्तरिम सरकारको प्रमुख दायित्व नागरिकको सुरक्षा, कानुनको पुनःस्थापना, अहिंसा र सहिष्णुताको प्रवर्द्धन, पुनर्निर्माण तथा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्ने हुनुपर्ने जनाएको छ।
संविधान लागु भएको एक दशक पुगेको सन्दर्भमा समाजले संविधान संशोधन निरन्तर जारी रहने प्रक्रियाको स्मरण पनि गराएको छ। तर संशोधन गर्ने दायित्व निर्वाचन पश्चात गठन हुने नयाँ संसद्को हुने भएकाले यो विषयलाई अन्तरिम सरकारले एजेन्डा बनाउन नहुने धारणा पनि समाजले प्रष्ट पारेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण