राष्ट्रिय सरकार गठनका लागि नेपाल बारले राष्ट्रपतिलाई पठायो पत्र
काठमाडौँ । नेपाल बार एशोसिएसनले वर्तमान राष्ट्रिय सङ्कट र राष्ट्रिय सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाएको छ ।
बिहीबार नेपाल बारले संविधानसभाले बनाएको संविधान मौजुदा रहेको र प्रतिनिधिसभासहितको सङ्घीय संसद् क्रियाशील रहेको र आन्दोलनकारी शक्तिको माग समेत संविधान र व्यवस्थाको परिवर्तन नभएको र स्थापित तथ्य रहेको भन्दै संवैधानिक कर्तव्य निर्वाह गर्न माग गरेका छन् ।
आन्दोलनकारी शक्तिहरू सरकार परिवर्तनको इच्छा राखेको र अहिले सरकार परिवर्तनको प्रक्रिया प्रारम्भ भइसकेकोले संविधानको धारा ७६, ७७, ७८ र धारा ६१ को मर्म र भावना भित्र रहेर संवैधानिक वैधताको निरन्तरता कायम रहने गरी अविलम्ब राष्ट्रिय सरकार गठन गर्न नेपाल बारले राष्ट्रपतिलाई पत्राचार गरेको छ ।
देशमा व्याप्त अनिश्चिततालाई अन्त्य गर्दै शासन व्यवस्थालाई सुचारु बनाउन जनतामा विश्वास जगाउनका लागि संविधानको मर्म भित्र रहेर संवैधानिक प्रक्रिया बमोजिम यथाशक्य एक सक्षम राष्ट्रिय सरकारको गठन तत्काल गर्न बारले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण