जेनजी प्रदर्शनमा दमनको समाजवादी प्रेस संगठनद्वारा निन्दा, उच्चस्तरीय छानबिन माग
काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालले भदौ २३ गते जेन–जी युवाले गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको दमनको घोर निन्दा गरेको छ । संगठनले उक्त दमनमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घटनाको उच्चस्तरीय न्यायिक छानबिनको माग गरेको छ ।
महासचिव रोहित दाहालद्वारा जारी विज्ञप्तिमा समाचार संकलनका क्रममा घाइते भएका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । संगठनले जेन–जी युवाको आन्दोलनको क्रममा सञ्चारगृह, प्रेस सम्बद्ध संगठनका कार्यालय, पत्रकारको घरमा भएको आगजनी, तोडफोड तथा पत्रकारमाथि भएको आक्रमणको पनि कडा शब्दमा आपत्ति प्रकट गरेको छ ।
विज्ञप्तिमा आन्दोलनको क्रममा सार्वजनिक तथा निजी सम्पत्ति र व्यक्तिमाथि भएको आक्रमण, आगजनी, तोडफोड, लुटपाट निन्दनीय भएको उल्लेख छ । संगठनले यस्ता घटनाको उच्चस्तरीय न्यायिक समितिमार्फत छानबिन गरी दोषीउपर कडा कारबाही गर्न माग गरेको छ ।
समाजवादी प्रेस संगठनले वर्तमान व्यवस्था प्रतिकूल जुनसुकै नाममा हुने कुनै पनि कार्य स्वीकार्य नभएको स्पष्ट पारेको छ । लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र मात्रै भएको र यो वा त्यो बहानामा नागरिक सर्वोच्चता खोस्ने तथा प्रतिगमनतर्फ अग्रसर हुने कुनै पनि कार्य संगठनलाई मान्य नहुने विज्ञप्तिमा उल्लेख छ । संगठनले वर्तमान राजनीतिक संकटको समाधान संविधानभित्रैबाट खोज्न आग्रह गरेको छ ।
जेन–जी समूहले उठाएका मुद्दा र माग लोकतान्त्रिक विधि र संवैधानिक प्रक्रियामार्फत नै समाधान खोजिनुपर्ने संगठनको धारणा छ । त्यो समाधान राजनीतिक दललाई बाहिर राखेर खोज्ने प्रयास अलोकतान्त्रिक र असंवैधानिक हुने संगठनको ठहर छ ।
अन्त्यमा, संगठनले पूर्ण प्रेस स्वतन्त्रता, नागरिक सर्वोच्चता, लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्यायसहितको समानुपातिक समावेशीतालाई संस्थागत गरेको संविधानको रक्षाको पक्षमा एकताबद्ध भएर दृढतापूर्वक उभिन आमजनता, सञ्चारकर्मी, पेशागत संघ, संगठनलाई हार्दिक अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण