लोकतान्त्रिक मूल्य र मान्यतामा कसैसँग कहिल्यै सम्झौता गर्दैनौँ : रास्वपा
सारांश
- रास्वपाले लोकतान्त्रिक मूल्य र मान्यतामा सम्झौता नगर्ने प्रष्ट पारेको छ।
- रास्वपाले ताजा मतादेशको अपरिहार्यता र आन्दोलनको म्यान्डेटबिच सन्तुलन राख्न उचित ठान्दछ।
- रास्वपाले छानबिनका लागि स्वतन्त्र आयोग गठन गर्न आह्वान गरेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले लोकतान्त्रिक मूल्य र मान्यतामा कसैसँग कहिल्यै सम्झौता नगरिने प्रष्ट पारेको छ । बिहीबार पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले तात्कालिक भन्दै तीन वटा प्रस्ताव अघि सार्दै यस्तो बताएका हुन् ।
संविधानको धारा ८३ अन्तर्गत सङ्घीय व्यवस्थापिका दुई सदनात्मक हुने तथ्यको स्मरण गर्दै (रास्वपा सोच अनुरूपपछि संशोधनीय) राष्ट्रिय सभाको स्थायी स्वरूप र गतिशीलता कायम राखी अन्तरिम सरकारले आगामी प्रतिनिधिसभाको निर्वाचन ६ महिनाभित्र गर्ने गरी ताजा मतादेशको अपरिहार्यता र आन्दोलनको म्यान्डेटबिच सन्तुलन राख्न रास्वपा उचित ठान्दछ,रास्वपाले अघि सारेको प्रस्तावमा भनिएको छ ।
गत सोमबार जेनजीको आन्दोलनमाथि भएको बर्बर दमन र तत्पश्चात् भएका मानवीय क्षति, निजी र सार्वजनिक सम्पत्तिमाथिको आक्रमण लगायतका अक्षम्य हिंसात्मक घटनाहरूको उच्चस्तरीय न्यायिक छानबिन र २०४६ पछिका उल्लेख्य भ्रष्टाचारका मुद्दाहरूमाथि निष्पक्ष अनुसन्धान र न्यायिक निरूपणका लागि स्वतन्त्र आयोगहरूको गठन नयाँ सरकार बनेको १५ दिनभित्र बनाउन रास्वपाले आव्हान गरेको छ ।
सुशासनको पक्षमा निर्णायक हस्तक्षेप गर्न सफल जेनजी पुस्तासहितको अनिवार्य सहभागितामा सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्रीका लागि प्रस्तावित उम्मेदवारप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो समर्थन रहको समेत बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण