सुर्खेतको टास्किङ होटलमा प्रहरीको छापा, ६० हजार नगदसहित ७ जुवाडे पक्राउ
सारांश
- सुर्खेत प्रहरीले वीरेन्द्रनगरको एक होटलबाट जुवा खेलिरहेका सात जनालाई पक्राउ गरेको छ।
- प्रहरीले उनीहरूलाई नगद ६० हजार रुपैयाँसहित पक्राउ गरेको हो।
- पक्राउ पर्नेमा विभिन्न व्यक्तिहरू रहेका छन्, र प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगर नगरपालिका–६ स्थित एक होटलबाट जुवातास खेलिरहेका सात जनालाई नगद ६० हजार रुपैयाँसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले दिएको जानकारी अनुसार बिहीबार साँझ ७ बजेको समयमा वीरेन्द्रनगर–६ बस्ने सन्देश रावतले सञ्चालन गरेको 'टास्किङ होटल'मा जुवातास भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको कमान्डमा खटिएको टोलीले जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा निम्न व्यक्तिहरू रहेका छन्:
१, देवेन्द्र अधिकारी, वर्ष ३०, वीरेन्द्रनगर नगरपालिका–६, सुर्खेत
२, धर्म भण्डारी, वर्ष ३४, वीरेन्द्रनगर नगरपालिका–६, सुर्खेत
३, तिलक प्रसाद पौडेल, वर्ष २०, वीरेन्द्रनगर नगरपालिका–६, सुर्खेत
४, गणेश खड्का, वर्ष ३१, वीरेन्द्रनगर नगरपालिका–४, सुर्खेत
५, टेक बहादुर गिरी, वर्ष ३३, वीरेन्द्रनगर नगरपालिका–६, सुर्खेत
६, रवीन्द्र थापा, वर्ष ३१, वीरेन्द्रनगर नगरपालिका–८, सुर्खेत
७, तेजराम पाण्डे, वर्ष ३२, वीरेन्द्रनगर नगरपालिका-६, सुर्खेत
प्रहरीले जुवातास ऐन अन्तर्गत थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण