संविधानमा आँच पुग्ने कुनै पनि दुष्प्रयास स्वीकार्य हुँदैन : आदिवासी जनजाति महासङ्घ
शुक्रबार, २७ भदौ २०८२, १० : ३९
१
सारांश
- लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले राष्ट्रपतिलाई राजनीतिक निकास खोज्न आग्रह गरेको छ।
- महासङ्घले संवाद, समन्वय र सर्वदलीय सहमतिको माध्यमबाट निकास खोज्न अनुरोध गरेको छ।
- आन्दोलनमा १९ जनाको निधन र चार सयभन्दा बढी घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ।
काठमाडौँ । लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले राष्ट्रपति रामचन्द्र पौडेललाई वर्तमान सङ्कटपूर्ण राजनीतिको निकास संवाद, समन्वय र सर्वदलीय सहमतिको माध्यमबाट खोज्न अनुरोध गरेको छ ।
महासङ्घका अध्यक्ष पासाङ शेर्पाले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानको दायराभित्र रहेर उचित राजनीतिक निकास पहिल्याउन राष्ट्रपति पौडेलसमक्ष अनुरोध गरेका हुन् ।
महासङ्घले जेनजी पुस्ताका युवाहरूको आह्वानमा २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा १९ जनाको दुःखद निधन र चार सय भन्दा बढी घाइते हुने गरी भएको अकल्पनीय घटनाप्रति गहिरो दुःख प्रकट गर्दै संविधानमा आँच पुर्याउने कुनै पनि दुष्प्रयास स्वीकार्य नहुने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण