विशाल ग्रुपको गोदाममा मृत भेटिएका व्यक्ति चन्द्रागिरिका महेन्द्र परियार
शुक्रबार, २७ भदौ २०८२, १० : ४८
सारांश
- चन्द्रागिरिस्थित गोदाममा मृत भेटिएको शवको सनाखत भएको छ।
- मृत भेटिएका व्यक्ति चन्द्रागिरिका ४० वर्षीय महेन्द्र परियार हुन्।
- शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
काठमाडौँ । चन्द्रागिरिस्थित विशाल ग्रुपको गोदाममा मृत भेटिएको शवको सनाखत भएको छ । जेनजी प्रदर्शनको क्रममा भदौ २४ गते चन्द्रागिरि नगरपालिका वडा नम्बर–५ स्थित गोदाममा आगजनी भएको थियो ।
आगजनीमा परेर मृत भेटिएका व्यक्ति चन्द्रागिरि घर भएका ४० वर्षीय महेन्द्र परियार रहेको पुष्टि भएको प्रहरी वृत्त थानकोटका एकजना अधिकृतले रातोपाटीलाई बताए । परिवारले शव सनाखत गरेका छन् । बिहीबार उनको शव जेलेको अवस्थामा भेटिएको थियो ।
शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण