ध्वस्त कांग्रेस मुख्यालयमा राखियो वीपीको तस्बिर र ब्यानर
शुक्रबार, २७ भदौ २०८२, १० : ५०
सारांश
- सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा विश्वेश्वर प्रसाद कोइरालाको तस्बिर र ब्यानर राखियो।
- जेनजी समूहले भदौ २४ गते पार्टी कार्यालयमा आगजनी गरेको थियो।
- नेपाल विद्यार्थी संघका कार्यकर्ताले कोइरालाको तस्बिर राखेका हुन्।
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी गरेर ध्वस्त बनाइएको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा संस्थापक विश्वेश्वर प्रसाद कोइराला (वीपी)को तस्बिर र ब्यानर राखिएको छ ।
भदौ २४ गते जेनजीको समूहले पार्टी केन्द्रीय कार्यालयमा आगजनी गरेर ध्वस्त बनाएका थिए । ध्वस्त बनाइएको कार्यालयमा पार्टीको भ्रातृसंस्था नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले संस्थापक कोइरालाको तस्बिर र ब्यानर राखेका कार्यालयका सचिव प्रकाश शर्माले रातोपाटीलाई जानकारी दिए ।
शुक्रबार बिहान राखिएको माथि कोइरालाको तस्बिर राखेको ब्यानरमा तल लेखिएको छ, ‘उहाँले निर्माण गर्नुभयो, हामी अझ सबल बनाउने छौँ, हामी उठ्ने छौँ ।’
शर्माले जलाइएको पार्टीको झन्डा पनि राख्ने तयारी भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण