जेनजी आन्दोलनमा जलेको प्रहरी चौकी स्थानीयको सहयोगमा पुनः सञ्चालन
सारांश
- रौतहटको हर्साहा प्रहरी चौकी जेनजी आन्दोलनमा आगजनीपछि नष्ट भएको थियो।
- स्थानीयको सहयोगमा चौकी पुनः सञ्चालनमा ल्याइएको छ, जसको लागि डिएसपीले आभार व्यक्त गरे।
- प्रहरीले जनताको सुरक्षाका लागि २४ सै घन्टा तत्पर रहने प्रतिबद्धता जनाएको छ।
रौतहट । गौर–चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत पर्ने हर्साहा प्रहरी चौकी जेनजी आन्दोलनका क्रममा आगजनीपछि नष्ट भएको थियो। शुक्रबार स्थानीयवासीको सहयोगमा सो चौकी पुनः सञ्चालनमा आएको छ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले नेपाल प्रहरी सदैव जनताको सेवामा तत्पर रहने भन्दै सहयोग गर्ने स्थानीय भद्रभलाद्मी र जनसाधारणप्रति आभार प्रकट गरे ।
उनले भने, 'नेपाल प्रहरी जनताको ज्यान–धनको सुरक्षाका लागि २४ सै घन्टा तत्पर रहन्छ। तत्कालको आवेगमा चौकीलाई क्षति पुगे पनि सज्जन जनताले यसलाई उठाउने प्रयास गर्नु सकारात्मक कदम हो।'
सामाजिक सञ्जालमार्फत पनि प्रहरी कार्यालयले “प्रहरी बलियो बनाऔं, कानुनी शासन सुदृढ गरौं” भन्ने अपील गरेको छ। स्थानीयको पहलमा जलेको चौकीलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको हो ।
प्रहरीका अनुसार, चौकी पुनःस्थापना केवल भौतिक संरचना मात्र नभई कानुनी शासनको निरन्तरता र प्रहरी–जनता सहकार्यको प्रतीक पनि हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण