संकटको निकास संविधानबाटै खोज्न पाण्डेको आग्रह
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान संकटको निकास संविधान खोज्नुपर्ने बताएका छन् ।
शुक्रबार बिहान एक वक्तव्य जारी गर्दै पाण्डेले असहज परिस्थितिको निकास २०७२ सालमा संविधान सभाबाट जारी संविधानबाटमात्र सम्भव भएको बताएका हुन् ।
यदि संविधानभन्दा बाहिर गएर निकास खोज्न प्रयास भए अन्त्यहीन विवादमा फस्ने तथा देश र जनताले सधैँ दुख पाउने अवस्था आउने पाण्डेको धनाइ छ ।
‘त्यसैले म सम्माननीय राष्ट्रपतिज्यूले सुझबुझ पुर्याएर आन्दोलनरत जेनजी प्रतिनिधिहरूलाई साथ लिई, संविधानविदहरु, नागरिक समाज, बुद्धिजीवी, संसदमा रहेका दलसमेतलाई सहभागी बनाई वर्तमान संसदबाटै संविधान संशोधन गरी आन्दोलनकारीले उठाएका मागलाई सम्बोधन गर्दै संविधानभित्रैबाट निकास खोजी अन्तरिम सरकार गठन गर्न हार्दिक आग्रह गर्दछु’, पाण्डेले वक्तव्यमार्फत भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण