सिंहदरबारका मन्त्रालयमा भएको क्षति रुजु भएपछि मात्रै सरसफाइ र पुनःनिर्माण हुने
सारांश
- सिंहदरबारभित्र मन्त्रालयमा भएको आगजनीको क्षतिको विवरण संकलनपछि सरसफाइ र पुनर्निर्माण सुरु हुनेछ।
- अर्थ मन्त्रालयका अनुसार आगजनीबाट मन्त्रालयमा ठूलो क्षति पुगेको छ, र सवारीसाधनको क्षतिको विवरण संकलन भइरहेको छ।
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आगजनीबाट लगभग सबै क्षति पुगेको छ, जेनजी पुस्ताको आन्दोलनले गर्दा क्षति भएको हो।
काठमाडौँ । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र रहेका मन्त्रालयहरूमा भएका आगजनीको क्षति रुजु गरेपछि मात्रै सरसफाइ र पुनः निर्माणको काम हुने भएको छ ।
शुक्रवार मुख्यसचिव एकनारायण अर्यालसहित नेपाल सरकारका सचिवहरूले गरेको निरीक्षणपछि सबै मन्त्रालयमा भएको क्षतिको मुचुल्का उठाएर यकिन गरेपछि मात्रै सरसफाइ गरिने मन्त्रालयहरूले जनाएका छन् ।
अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायका अनुसार मन्त्रालयको प्रायः सबैमा क्षति पुगेको बताए । उनले मन्त्रालयमा भित्र र बाहिर रहेका सवारी साधनमा भएको क्षतिको मुचुल्का उठाएर विवरण लिएसँगै सरसफाइ गरिने योजना तयारी रहेको बताए ।
उनले भने, ‘सबै क्षतिको मुचुल्का उठाउने काम अहिले भइरहेको छ । मुचुल्का उठाएर सरसफाइ गरी बस्न मिल्ने ठाउँमा बस्छौँ । पुनर्निर्माण गर्नुपर्नेको हकमा सरकार बनेसँगै काम सुरु हुन्छ ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा करिब शतप्रतिशत क्षति पुगेको छ । भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनबाट सरकारी सम्पत्तिहरू ध्वंस बन्न पुगेका थिए । उक्त दिन आन्दोलनकारीले सिंहदरबारमा आगजनी सहित तोडफोड गरेको थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण