हामी तिमीले बगाएको रगत खेर जाने दिनेछैनौँ अर्जुन भाइ !
‘दाइ—एन्फा एकेडेमीमा फुटबल खेल्ने वातावरण मिलाइदिनु पर्यो’ केही वर्षअघि उनले भनेको यो कुरा मेरो दिमागमा अझै ताजा छ।
गाउँका स्थानीय क्लबहरूले आयोजना गर्ने फुटबल प्रतियोगितामा उनले सक्रिय सहभागिता देखाउँथ्यो। सानै उमेरदेखि राम्रो फुटबल खेल्ने खेलाडी थिए उनि, त्यसैले पनि एन्फा एकेडेमीमा सिकेर अब्बल खेलाडी बन्ने उनको ठुलो सपना थियो। तर विभिन्न कारणले उनको एकेडेमीमा खेल्ने रहर पुरा हुन सकेन। समयसँगै हाम्रो भेटपनि पातलो हुँदै गयो। तर, एकाएक भदौ २४ गते उनको बारेमा कहालीलाग्दो खबर सुनेँ।
हो, उनी गोरखाको गण्डकी गाउँपालिका वडा नं. ४ ढाबे घर भएका (२७ बर्ष) अर्जुन भट्ट । जो जेनजी पुस्ताले आह्वान गरेको आन्दोलनमा अब कहिल्यै नफर्किने गरी हामीमध्येबाट बिदा भएका छन्। एउटा सम्भावना बोकेका युवा भट्टको आन्दोलनको दोस्रो दिन कालीमाटी चौकी अगाडि प्रहरीले चलाएको गोली लागेर घटनास्थलमै निधन भएको हो।
मिजासिलो र हँसिलो, सबैलाई सम्मान गर्ने र आवश्यकता अनुसार युवा जोसले भरिएको आक्रोश समेत उनमा थियो। आन्दोलनमा उनको मृत्यु भएको खबर सामाजिक सञ्जालमा फैलिँदै गर्दा मलाई मात्र होइन अरू धेरैलाई पनि स्तब्ध बनायो।
जापान बस्ने उनका दाजु विकास भट्टले भावविभोर हुँदै फोन गरेर 'दाइ, बुबा–आमाले दुवै जना शोकमा हुनुहुन्छ, परिस्थिति सहज छैन परिवारलाई सम्हाल्न कठिन छ। अहिले उसलाई बयोधा अस्पतालमा राखिएको छ। आन्दोलनका कारण आफन्तहरू त्यहाँ पुग्न सक्ने अवस्थामा छैनन्। दाई अस्पताल पुगेर सहजीकरण गरिदिनुपर्यो । मेरो भाइको रगतको मूल्य देशका लागि कसरी स्थापित गर्ने भन्नेमा पत्रकार भएकाले तपाईँले भूमिका खेल्नु हुनेछ भन्ने विश्वास छ' भनी फोन काटे। चित्र अङ्कललाई बच्चैबाट चिनेको जानेको आधारमा उहाँ कहिले दुःखी नहुने, सधैँ हाँसीठट्टा गरेको मात्र पाएको मैले यो पीडाको समयमा उहाँसँग फोनमा कुरा गर्न सकिनँ। केही छिनपछि राम भट्ट दाइको पनि फोन आयो। शव बयोधा अस्पतालमा छ अर्को एक शवसहित राखिएको र एउटै शवगृहमा दुईवटा शव राख्न नसकिने अवस्था रहेकाले शव व्यवस्थापन गर्न गाह्रो भएको जानकारी दिनुभयो।

मन सम्हाल्न नसकिएपछि भाइ सुजन पोखरेलको सहयोगमा केही साथीहरूसहित हामी अस्पताल पुग्यौँ। स्ट्रेचरमाथि कपडाले ढाकिएको अवस्थामा भाइलाई हेरेँ टाउकामा गोली लागेको रहेछ। जिउभरि रगत लतपतिएको दृश्य करुणास्पद थियो। लाग्थ्यो—उठेर दाइ भनिदिए नि हुन्थ्यो। अस्पताल प्रशासनसँग कुरा गरियो। सम्भव भए सोही अस्पतालमै शवलाई चिसोमा राख्ने व्यवस्था गरौँ भन्ने प्रयास भए पनि सम्भव भएन। टिचिङ पठाउने सल्लाह बमोजिम हामी राति फर्कियौँ।
नेपालमा सम्भावना नदेखेपछि बिदेसिएको ऊ हालै एक महिनाको छुट्टीमा एक हप्ता अगाडि मात्र नेपाल आएको थियो । जोसले भरिएको युवा आन्दोलनको पहिलो दिन १९ जना होनहार जेनजीको मृत्यु भएको खबरले उसलाई उद्वेलित बनाएको रहेछ। घरमा आमाबुवालाई जानकारी नगरी आन्दोलनमा निस्किएका अर्जुनलाई आन्दोलनकै क्रममा कालिमाटीस्थित प्रहरी वृत्त अगाडि प्रहरीले चलाएको गोली लाग्यो । टाउकामा गोली लागेको उनको घटनास्थलमै मृत्यु भएको रहेछ ।
अर्जुनको निधनले परिवारलाई कहिल्यै नमेटिने घाउ दिएको छ। अहिले सम्पूर्ण परिवार र ढाबे गाउँ पूर्ण शोकमा छ। मेरो पनि एउटै माग र अपेक्षा छ— देश परिवर्तनका लागि आन्दोलनमा हिँडेको अर्जुन लगायत आन्दोलनमा मृतक सबैलाई राज्यले सम्मानपूर्वक सहिद घोषणा गरियोस् । आगामी दिनमा अर्जुन जस्तै होनहार युवाहरूले देशका लागि यसरी गोली खान नपरोस्।
कालिमाटीमा अर्जुनसँगै उदयपुर घर भएका ३२ वर्षीय देवकुमार सुवेदीको पनि गोली लागेर मृत्यु भएको थियो। म राज्यलाई भन्न चाहन्छु—अहिलेसम्म आन्दोलन सफल भइसकेका दिनहरूमा किन अन्तरिम सरकार बनाउन सकिएको छैन? अर्जुन भाइ लगायत आन्दोलनकारीले बगाएको रगतमा कुनै पनि प्रकारको धोकाधडी नहोस्।
प्रिय अर्जुन, तिमी हुरीझैँ आएका थियौ र क्षणभरमै असङ्ख्य सम्भावनाका ढोका खोल्दै हामीबाट बिदा भयौ। तिमीप्रति उच्च सम्मान छ, अर्जुन— हामी तिमीले बगाएको रगत खेर जाने दिँदैनौं। हामी बाँचेकाहरूले सजग भएर खबरदारी गरिरहनेछौँ। चित्र अङ्कल आन्टी लगायत परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै यस शोकको घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्न चाहन्छु।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण