जेनजी प्रदर्शनले सिमेन्ट उद्योगमा आंशिक क्षति, अध्यक्ष मारु भन्छन्, ‘नयाँ पुस्ताले विश्वास बढाउन सक्नुपर्छ’
काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा भएको अराजक गतिविधिका कारण सिमेन्ट उद्योगमा आंशिक क्षति पुगेको छ । नेपाल सिमेन्ट उत्पादक सङ्घका अनुसार देशभर भएका प्रदर्शनका क्रममा केही उद्योगमा क्षति पुगेको छ ।
शिवम् सिमेन्टको हेटौडास्थित उद्योगमा तोडफोड भएको र अन्य केही उद्योगमा समेत यस्तो घटना भएको जानकारी आएको नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष रघुनन्दन मारुले जानकारी दिए ।
उनका अनुसार अहिले सङ्घले सदस्य कम्पनीहरूसँग क्षतिको विवरण सङ्कलन गरिरहेको बताए । ‘हामी केही दिनभित्र यस्तो विवरण सङ्कलन गरी सरकारलाई बुझाउँछौँ ताकि सरकारलाई आवश्यक क्षतिपूर्ति तथा दोषीलाई कारबाही गर्न सजिलो होस् ।’
युवा जोस र अनुभवलाई संयोजन गर्न सुझाव
अध्यक्ष मारुले नयाँ पुस्ताको जोश प्रशंसनीय भए पनि देशको अग्रगामी विकासका लागि अनुभव र योजनाबद्ध दृष्टिकोणको संयोजन अपरिहार्य रहेको औँल्याए ।
आन्दोलनमा भएको तोडफोड र आगजनीका कारण निजी क्षेत्रले अपूरणीय क्षति व्यहोरेको भन्दै उनले यो अवस्थामा व्यवसायीको मनोबल र सुरक्षाको प्रत्याभूति महसुस गराउने आवश्यकता भएको औँल्याए ।
‘निजी क्षेत्रमा धेरै ठुलो क्षति भएको छ, यसले उद्योगी व्यवसायीको मनोबल घटाएको छ,’ मारुले भने ‘नयाँ पुस्ताले अनुभव, दूर दृष्टि र योजनाबद्ध दृष्टिकोणको संयोजन गर्नुपर्छ।’
अध्यक्ष मारुले देश निर्माणका लागि योग्यतामा आधारित नियुक्ति लाई प्राथमिकता दिनुपर्ने बताए । राजनीतिक स्वार्थ र दलगत दबाबमा हुने नियुक्तिले देशको विकास हुन नसक्ने उनको भनाइ थियो ।
उनले जनसाधारणका लागि ‘इज अफ लिभिङ्गु र लगानीकर्ताका लागि ‘इज अफ डुइङ्ग बिजनेसु को अवधारणालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। यसका लागि औद्योगिक विकासलाई द्रुत गति दिन, व्यापार तथा लगानी सहज बनाउन वर्तमान ऐन, नियम र नियमावलीमा रहेका प्राविधिक अवरोधहरू हटाएर ६० दिनभित्र अनुमति प्रक्रिया सम्पन्न गर्ने व्यवस्था मिलाउनुपर्ने सुझाए।
पुनर्निर्माणको आवश्यकता औँल्याउँदै मारुले सरकारी खर्चमा कटौतीको सम्भावनाबारे विचार गर्नुपर्ने बताए। सङ्घीय र प्रादेशिक संरचनाहरूको प्रभावकारिता र औचित्यमाथि पनि आगामी सरकारले समीक्षा गर्नुपर्ने उनको भनाइ थियो।
अराजक समूहलाई कारबाही गर्ने विषयमा सरकारको निर्णय महत्त्वपूर्ण हुने भन्दै उनले यस्ता कदमले मात्रै आम नागरिक र लगानीकर्ताको मनोबल बढ्ने सङ्केत गरे।
नेपाली युवा परिश्रमी रहेको र उनीहरूलाई स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्नेमा मारुले जोड दिए। ‘हाम्रो देशमा अवसरहरूको भण्डार छ,’ उनले भने, ‘सही नीति, स्पष्ट दृष्टिकोण र शुद्ध राष्ट्रप्रेमका साथ अघि बढ्न सके मात्रै मुलुकले ठुलो फड्को मार्न सक्छ र हामी आफ्नो देशलाई साँच्चै रूपान्तरण गर्न सक्छौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण