चार्ली कर्कको हत्या प्रकरणमा २२ वर्षीय युवक पक्राउ
शुक्रबार, २७ भदौ २०८२, २१ : ००
युटाह । युटाह विश्वविद्यालयमा बुधबार कन्जर्भेटिभ कार्यकर्ता चार्ली कर्कको गोली हानी हत्या भएको घटनामा संलग्न भएको शंका गरिएका युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
२२ वर्षीय टायलर रोबिन्सनलाई शुक्रबार सेंट जर्जबाट पक्राउ गरिएको अधिकारी र स्रोतहरूले एबीसी न्युजलाई बताएका छन्। प्रहरीले सार्वजनिक गरेका तस्विरहरू देखेपछि रोबिन्सनका बुवाले छोरालाई चिनेका थिए। सुरुमा रोबिन्सन आत्मसमर्पण गर्न तयार नभए पनि पछि बुबाको दबाबपछि विचार बदलेको अधिकारीहरूले बताएका छन्।
शुक्रबार पत्रकार सम्मेलनमा युटाहका गभर्नर स्पेन्सर कोक्सले रोबिन्सन पछिल्ला वर्षहरूमा राजनीतिक रूपमा बढी सक्रिय बनेको र कर्कको युटाह भ्याली विश्वविद्यालय भ्रमणबारे परिवारका सदस्यसँग छलफल गरेको जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकार आएयता ४९५ बिचौलिया र लुटपाट गर्ने १३ हजारभन्दा बढी समातिए
-
प्रचण्डको व्यङ्ग्य, ‘चुनावमा जमानत जफत भएका युवालाई अहिल्यै नेतृत्व चाहियो’
-
सहकारीका १७ सयभन्दा बढी बचतकर्ताले पाए बचत फिर्ता
-
गण्डकी प्रदेशका ५ अग्रज पत्रकार पोखरामा सम्मानित
-
कागजी प्रमाणकै भरमा मात्र धेरैले कैद जीवन बिताइरहेका छन्: मुख्यमन्त्री यादव
-
१०० दिनमा हेलो सरकारमा आउने उजुरी ६०० प्रतिशतले बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण