आन्दोलनको क्रममा करागार तथा बालसुधार गृहबाट भागेका तीन जना पक्राउ
शुक्रबार, २७ भदौ २०८२, २१ : ०८
सिरहा । जेनजी आन्दोलनको क्रममा कारागार र बाल सुधार गृहबाट भागेका तीन जनालाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानको नेतृत्वमा खटिएको टोलीले भारतीय प्रहरीको सहयोगमा नेपाल–भारत सिमानाबाट उनीहरूलाई शुक्रबार साँझ करिब साढे ६ बजे पक्राउ गरेको हो।
पक्राउ परेकामध्ये महोत्तरीको जलेश्वर कारागारबाट भागेका २६ वर्षीय रुपेश कुमार वैदार लागूऔषध र हातहतियार खरखजनासम्बन्धी मुद्दामा पूर्पक्ष कैदी थिए। यस्तै, पर्साको विर्ता बाल सुधार गृहबाट फरार १४ वर्षीय मो. सद्दाम अन्सारी जबरजस्ती करणी मुद्दामा र १५ वर्षीय मो. सहमद नदाफ कर्तव्यज्यान मुद्दामा सुधार गृहमा रहेका थिए।
प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहामार्फत सम्बन्धित कारागार र सुधार गृहमा पठाउने तयारी भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण