घर जलेपछि पूर्वमन्त्री श्रेष्ठ भन्छन्– ‘भ्रष्ट्राचारी प्रमाणित भए म आफै जल्न तयार छु’
सारांश
- बारा-४ का निवर्तमान सांसद किसान श्रेष्ठले घर जलाउनेहरूलाई भ्रष्ट्राचारी प्रमाणित गर्न चुनौती दिए।
- जेनजी आन्दोलनकारीले श्रेष्ठको सिमरास्थित निवास र सवारी साधनमा तोडफोड तथा आगजनी गरे।
- श्रेष्ठले जेनजीको आन्दोलनमा घुसपैठ गर्ने षडयन्त्रकारी दलालहरूलाई कारबाही गर्ने चेतावनी दिए।
बारा । पूर्वमन्त्री तथा बारा–४ का निवर्तमान संघीय सांसद किसान श्रेष्ठले जेनजीको आन्दोलनमा घर जलाउनेहरूले भ्रष्ट्राचारी प्रमाणित गर्न सके आफै जल्न तयार भएको बताएका छन् ।
जेनजीका आन्दोलनकारीले मंगलवार श्रेष्ठको सिमरा स्थित निवास, आधा दर्जन सवारी साधन र व्यवसायमा तोडफोड र आगजनी गरेर ध्वस्त पारेका छन् ।
श्रेष्ठले जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गर्ने षडयन्त्रकारी दलालहरूलाई नछोड्ने बताएका छन् ।
‘चोक चौतारामा बसेर किसान श्रेष्ठको घर जलाउनुपर्छ, भनेर सार्वजनिक सम्पत्ति र व्यक्तिको घर तोडफोड गर्ने र जलाउने काम भयो ती दलालहरूको पहिचान भइसकेको छ’ श्रेष्ठले भने ‘कानुनले नसके जनताले एक दिन तिनीहरूलाई कारबाही गर्नेछन् ।’
आफन्तसहित पितृ कार्यका लागि भारतको बनारस गएका श्रेष्ठ बुधवार रातिमात्रै स्वदेश फर्किएका हुन् ।
श्रेष्ठको निवासमा आफन्तहरूले पार्किङ्ग गरी राखेको गाडी समेत आन्दोलनकारीहरूले आगजनी गरेर ध्वस्त पारेका छन् ।
सोझा साझा जेनजी भाइ बहिनीलाई प्रयोग गरे केही षडयन्त्रकारीहरूले निजी सम्पत्ति तोडफोड गर्न लगाएको श्रेष्ठले बताएका छन् ।
‘मुलुकलाई संविधान विहीन बनाएर धमिलो पानीमा माछा मार्ने प्रयास भएको छ’ श्रेष्ठले भने ‘८ करोड सवारी साधन र २ करोड भौतिक संरचना गरेर करिब १० करोड रकम बराबरको क्षति भएको छ।’
जीतपुर सिमरा ४ निवासी श्रेष्ठ सिमराका व्यवसायी समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण