भीमफेदी कारागारबाट १२३ फरार कैदीबन्दी पक्राउ, ३१७ जना अझै भेटिएनन्
शनिबार, २८ भदौ २०८२, ०८ : ०६
सारांश
- मकवानपुरको भीमफेदी कारागारबाट भागेका ४४० कैदीबन्दी मध्ये १२३ जना पक्राउ परेका छन्।
- अझै ३१७ जना कैदीबन्दी फरार रहेका छन् र उनीहरूको खोजी कार्य जारी छ।
- कारागारमा हाल जम्मा ७९७ कैदीबन्दी छन्, जसमा अन्य कारागारबाट भागेर पक्राउ परेका ४८ जना पनि छन्।
मकवानपुर । मकवानपुरको भीमफेदीस्थित कारागारबाट फरार रहेका ४४० जना कैदीबन्दी मध्ये १२३ जनालाई पक्राउ गरिएको छ । कारागारमा रहेका कुल १ हजार ६६ जना कैदीबन्दी मध्ये भदौ २५ गते बिहान ४४० जना भाग्न सफल भएका थिए ।
फरार भएकामध्ये हालसम्म १२३ जनालाई पुनः पक्राउ गरिएको कारागार प्रशासक सुवास पौडेलले जानकारी दिए । अझै पनि ३१७ जना कैदीबन्दी फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको उनले बताए ।
विवरणअनुसार, हाल कारागारमा जम्मा ७९७ जना कैदीबन्दी रहेका छन्। जसमा अन्य कारागारबाट फरार भई पक्राउ परेका ४८ जना समेत समावेश छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण