निषेधाज्ञाबारे के भन्छन् काठमाडौँ उपत्यकाका तीनै जिल्लाका सीडीओ ?
सारांश
- काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बसेको छ।
- ललितपुरमा निषेधाज्ञा खुकुलो बनाउने तयारी रहेको छ।
- काठमाडौँ र भक्तपुरमा बिहानबाट निषेधाज्ञा हटेको छ।
काठमाडौँ । काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्दै छ । काठमाडौँ, ललितपुर र भक्तपुरका सीडीओहरुको बैठक बस्न लागेको हो ।
जारी निषेधाज्ञा खुकुलो बनाउने विषयमा छलफल गर्न बैठक बस्न लागेको ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए । उनका अनुसार ललितपुरमा निषेधाज्ञा कायमै रहे पनि खुकुलो बनाउने तयारी छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले भने जिल्लामा बिहानबाट निषेधाज्ञा हटेको बताए । यद्यपि रातको समयमा के गर्ने भन्नेबारे छलफल हुने उनको भनाइ छ ।
भक्तपुरमा पनि आज बिहानबाट निषेधाज्ञा हटेको छ । प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले दिउसोको लागि निषेधाज्ञा हटाए पनि रातको समयमा के गर्ने भन्नेबारे निर्णय गर्न सुरक्षा समितिको बैठक बोलाएको जानकारी दिए ।
काठमाडौँ र भक्तपुरमा निषेधाज्ञा हटेको र ललितपुरमा पनि खुकुलो बनाइएकोले उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण