सुमना श्रेष्ठ अन्तरिम सरकारमा मन्त्री नबन्ने, बाहिरबाटै सहयोग गर्ने घोषणा
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठले अन्तरिम मन्त्रीमण्डलमा सहभागी नहुने स्पष्ट पारिन्।
- उनले सरकारलाई पूर्ण समर्थन जनाउँदै, यसलाई सफल बनाउन सञ्जाल र अनुभव प्रयोग गर्ने बताइन्।
- श्रेष्ठले सत्ताभन्दा सेवा र कुर्सीभन्दा कर्मलाई प्राथमिकता दिने धारणा राखिन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री सुमना श्रेष्ठले नेपालको नवनियुक्त अन्तरिम मन्त्रीमण्डलमा आफू सहभागी नहुने स्पष्ट पारेकी छिन्। सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै उनले पदमा नरही सरकारलाई पूर्ण समर्थन गर्ने बताएकी हुन्।
श्रेष्ठले आफ्नो पोस्टमा लेखेकी छन्, ‘म अन्तरिम मन्त्रीमण्डलमा जान लागेको हैन। मेरो यस सरकारप्रति पूर्ण समर्थन छ।’
उनले यो सरकारलाई असफल हुने सहुलियत नभएको बताउँदै, पृष्ठभूमिमा बसेर आफ्नो अनुभव, सञ्जाल र समय दिएर सरकारलाई सफल बनाउन काम गर्ने प्रतिबद्धता जनाइन्।
आन्दोलनपछि पुरानो शक्तिसँगको सहकार्यले आन्दोलनको मर्म प्रदूषित हुने गरेको सन्दर्भमा उनले आफू यसपटक त्यस्तो प्रदूषणको कारक नबन्ने बताइन्। ‘यसको उपलब्धि संस्थागत गर्न दिलोज्यान दिएर काम गर्छु,’ उनले थपिन्।
उनले आफ्नो उद्देश्य 'सत्ता होइन, सेवा गर्ने', 'कुर्सी होइन, कर्म गर्ने' र 'नाम होइन, काम गर्ने' रहेको उल्लेख गरेकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण