नेपाली कांग्रेसको कडा आपत्ति : लोकतान्त्रिक उपलब्धि धरापमा पर्यो
सारांश
- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले संसद विघटनको कदमप्रति आपत्ति जनाएको छ र अन्तरिम सरकारको नेतृत्वको लागि प्रस्ताव अघि सारेको छ।
- बैठकमा भदौ २३ र २४ गतेको आन्दोलनपछिको अवस्थाबारे समीक्षा गर्दै कांग्रेसले राष्ट्रपतिलाई संवादको पहल गर्न आग्रह गरेको स्मरण गराएको छ।
- कांग्रेसले संविधानविपरीत निर्णय भएको भन्दै लोकतान्त्रिक उपलब्धि धरापमा परेको र युवा आन्दोलनको भावना मर्ने आशंका व्यक्त गरेको छ।
ललितपुर । संसद् विघटनको ‘असंवैधानिक’ कदमप्रति कडा आपत्ति जनाउँदै नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले राष्ट्रपतिको पहलमा जेनजीले प्रस्ताव गरेको व्यक्तिलाई अन्तरिम सरकारको नेतृत्व दिनुपर्ने सहितको समाधानको मार्गचित्र प्रस्तुत गरेको छ ।
शुक्रबार साँझ उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बीपी स्मृति भवनमा बसेको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै यस्तो निर्णय गरेको हो । बैठकमा सातै प्रदेशका सभापति, मुख्यमन्त्रीहरू र प्रदेश संसदीय दलका नेताहरू आमन्त्रित रूपमा सहभागी थिए ।
बैठकले भदौ २३ र २४ गते जेनजी युवाहरूको आह्ववानमा भएको आन्दोलनपश्चातको विषम परिस्थितिलाई मध्यनजर गर्दै भदौ २५ गते नै विज्ञप्तिमार्फत राष्ट्रपतिलाई संवादको पहल गर्न आग्रह गरेको स्मरण गराएको छ । कांग्रेसले ‘आवश्यकताको सिद्धान्त’ अनुरुप जेनजीले प्रस्ताव गरेको व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने, त्यसलाई संसदबाट संविधान संशोधन गरी वैधानिक बनाउने र नयाँ सरकारले नयाँ निर्वाचन घोषणा गर्ने ‘जिम्मेवार प्रस्ताव’ अघि सारेको विज्ञप्तिमा उल्लेख छ ।
तर, सहमतिपूर्वक अवलम्बन गर्न सकिने उक्त प्रक्रिया प्रयोग नगरी संविधानविपरीत निर्णयमा पुग्नु दुःखद भएको कांग्रेसको ठहर छ । संसद् विघटनको यो कदम संविधानको परिकल्पना र सम्मानित सर्वोच्च अदालतको व्याख्याविपरीत रहेको भन्दै कांग्रेसले लोकतान्त्रिक उपलब्धि धरापमा परेको र जेनजी आन्दोलनको भावना र मर्मले मृत्यवरण गर्ने आशंका व्यक्त गरेको छ ।
बैठकले भदौ २३ र २४ गतेका घटनाहरूको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन तथा पुनर्निर्माणमा जुट्न आग्रह गरेको छ । स्थिति थप बिग्रिन नदिन र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई ‘लिक बाहिर जान नदिन’ पार्टीभित्र, अन्य राजनीतिक दल र नागरिक समाजसँग परामर्श गरी शान्ति, लोकतन्त्र, अग्रगमन र समुन्नतिका पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
कांग्रेसले आन्दोलनमा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूको उपचार र क्षतिको पुनर्निर्माणका लागि पनि ध्यानाकर्षण गराएको छ । अन्तमा, स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई संयम र एकता कायम राख्न हार्दिक अपील गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
-
बढ्दो सहरीकरणसँगै उपत्यकामा धान रोप्ने ठाउँको अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण