दलाई लामाद्वारा नेपालकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई
काठमाडौँ । बुद्ध धर्मगुरु दलाई लामाले नेपालको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीलाई बधाई पत्र पठाएका छन् ।
भारतको धर्मशालास्थित थेक्छेन छोलिङबाट पठाइएको पत्रमा दलाई लामाले नेपाली र तिब्बती जनताबिचको ऐतिहासिक सम्बन्धको स्मरण गरेका छन् । उनले पत्रमा लेखेका छन्, 'तपाईंलाई थाहै छ, नेपाली र तिब्बती जनताबिच ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्ध रहेको छ ।'
दलाई लामाले नेपाल सरकार र नेपाली जनताप्रति विशेष कृतज्ञता व्यक्त गर्दै लेखेका छन्, 'नेपाल सरकार र नेपाली जनताले सन् १९५९ पछि तिब्बतबाट जबरजस्ती भागेका तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि सुविधा उपलब्ध गराएकोमा म धेरै आभारी छु।'
उनले तिब्बती समुदाय सानो भए पनि नेपालको आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याइरहेको विश्वास व्यक्त गरेका छन् । आफ्नो पत्रमा लामाले नेपालले वर्षौंदेखि जीवनका सबै क्षेत्रमा उल्लेख्य विकास र बढ्दो समृद्धि हासिल गरेको उल्लेख गरेका छन् । 'यस्ता उपलब्धिहरूले गरिब र खाँचोमा परेका मानिसहरूको जीवनमा साँच्चै सुधार ल्याउँदा अझ अर्थपूर्ण हुन्छ,' पत्रका उल्लेख छ ।
लामाले आफ्नो पत्रको अन्त्यमा प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिँदै भनेका छन्, 'यी चुनौतीपूर्ण समयमा नेपालका जनताको आशा र आकाङ्क्षाहरू पूरा गर्न तपाईंलाई हरेक सफलता मिलोस् भन्ने कामना गर्दछु । मेरा प्रार्थना र शुभकामनाहरू तपाईंसँग छन्।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण