बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

१० खेलाडीमा सीमित रियलको जित

शनिबार, २८ भदौ २०८२, २२ : ०४
शनिबार, २८ भदौ २०८२

काठमाडौँ । १० खेलाडीमा सीमित रियल मड्रिडले रियल सोसिडाडमाथि जित निकालेको छ । 

ला लिगाअन्तर्गत शनिबार भएको खेलमा रियलले रियल सोसिडाडमाथि २–१ गोलको जित निकालेको हो । रियल सोसिडाडको घरेलु मैदानमा रियललाई जित दिलाउन केलियन एम्बाप्पे र आर्ड युलेरले एक–एक गोल गरे । जारी लिगमा एम्बाप्पेको गोल संख्या चार पुगेको छ । 

यता रियल सोसिडाडका लागि माइकल ओयारजाबलले एक गोल फर्काए । रियलका लागि खेलको १२औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३२औँ डिन हुइज्सेनले रातो कार्ड खाँदा रियल १० खेलाडीमा सीमित भएको थियो । खेलको ४४औँ मिनेटमा युलेरले गोल गर्दै रियललाई २–० गोलको अग्रता दिलाए । 

सोसिडाडका लागि माइकलले खेलको ५६औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे पनि रियलले समग्रमा २–१ ले जित निकाल्यो । 

जितसँगै शीर्ष स्थानमा रहेको रियलले ४ खेलमा शतप्रतिशत जित निकालेको छ । पराजित सोसिडाडको दुई अंक छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप