तनहुँ र कास्की कारागारबाट भागेका छ जना गोरखामा पक्राउ
सारांश
- तनहुँ र कास्की कारागारबाट भागेका ६ जनालाई गोरखाबाट नियन्त्रणमा लिइएको छ।
- प्रहरीले चुमनुब्री गाउँपालिकाका ४ जना र भीमसेन थापा गाउँपालिकाका १ जनालाई पक्राउ गरेको छ।
- कर्तव्य ज्यान र चोरी मुद्दामा कैद सजाय भोगिरहेका उनीहरू विभिन्न मितिमा कारागारबाट भागेका थिए।
गोरखा । तनहुँ र कास्की कारागारबाट भागेका छ जनालाई गोरखाबाट नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयले कास्की कारागारका पाँच र तनहुँ कारागारका एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले पक्राउ पर्ने चार जना चुमनुब्री गाउँपालिका– ६ चुम्चेतका सोनाम दोर्जे लामा, छेवाङ लामा, सोनाम ग्याल्जेन लामा र तेञ्जिन रिग्जेन लामालाई नियन्त्रणमा लिएको बताए ।
कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सजाय भोगिरहेका छेवाङ, सोनाम ग्याल्जेन र तेन्जिन रिग्जिनलाई गत भदौ २५ र सोनाम दोर्जेलाई २६ गते नियन्त्रणमा लिएको उनले जानकारी दिए । चुम्चेतकी एक महिलाको हत्या गरेको आरोपमा पक्राउ परेका उनीहरू चारैजनाले गत २०७४ कात्तिक २० गतेदेखि कास्की कारागारमा सजाय भुक्तान गरिरहेका थिए ।
यस्तै, कास्की कारागारबाट भागेका भीमसेन थापा गाउँपालिका-१ मसेलका राजेश विश्व सुनार पक्राउ परेका हुन् । कर्तव्य ज्यान मुद्दामा विसं २०७५ असारदेखि कैद सजाय भुक्तान गरिरहेका विश्व पनि गत भदौ २४ गते भागेर गोरखा आइपुगेका थिए । उनलाई शुक्रबार पक्राउ गरिएको हो ।
यस्तै, तनहुँ कारागारबाट भागेर गोरखा आइपुगेका सिरानचोक गाउँपालिका–८ का विशाल उपरकोटीलाई पनि प्रहरीले शुक्रबार गोरखाबाटै पक्राउ गरेको छ । चोरी मुद्दामा गत वैशाख १२ गतेदेखि कैद सजाय भोगिरहेका उनी पनि गत भदौ २४ गते तनहुँ कारागारबाट भागेर गोरखा आइपुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण