नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ : अमेरिकी दूतावास
आइतबार, २९ भदौ २०८२, ०९ : १७
सारांश
- अमेरिकी दूतावासले नेपालको अन्तरिम सरकारसँग सहकार्य गर्न तत्परता देखाएको छ।
- दूतावासले शान्तिपूर्ण समाधानको स्वागत गर्दै सुशीला कार्कीको प्रधानमन्त्री नियुक्तिलाई प्रशंसा गरेको छ।
- नेपालको सेना र प्रधानसेनापतिको शान्तिपूर्ण प्रक्रियाको भूमिकाको दूतावासले प्रशंसा गरेको छ।
काठमाडौँ । नेपाल स्थित अमेरिकी दूतावासले नेपालको नयाँ अन्तरिम सरकारसँग सहकार्य गर्न तयार रहेको बताएको छ । गत हप्ताको दुखद घटनाहरूपछि शान्तिपूर्ण समाधान निस्किएकोमा पनि दूतावासले स्वागत गरेको छ ।
नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएको र यसक्रममा राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको भूमिका प्रशंसायोग्य रहेको दूतावासको बुझाइ छ ।
'यो दुखद समयमा हामी नेपालसँग शोकमा साथ मै छौँ। हामी नेपाली सेना र प्रधानसेनापति अशोक राज सिग्देललाई सङ्क्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौँ। अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा हामी नेपालसँग सहकार्य गर्न तयार छौँ', दूतावासले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण