सवारी दुर्घटनामा दुई जनाको मृत्यु
सारांश
- बारा र नवलपरासीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
- बाराको जीतपुरसिमरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
- नवलपरासी पूर्वमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
काठमाडौँ । बारा र नवलपरासी पूर्वमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ स्थित सडकमा सिमराबाट वीरगन्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०५७ प ४८७९ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक काठमाडौँ तारकेश्वर नगरपालिका-४ बस्ने २६ वर्षीय जेनिस लामाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल परावानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
नवलपरासी पूर्वको देवचुली नगरपालिका-१३ बौलाहाखोलास्थित सडकमा कावासोतीबाट सिजीतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०४-००१ प ७९३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक कावासोती नगरपालिका-३ बस्ने ३२ वर्षीय चुम बहादुर सुनारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल देवचुली दुम्कौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण