महालक्ष्मी विकास बैंकको पोखरा शाखा क्षतिग्रस्त
काठमाडौं । जेनजी आन्दोलनका कारण देशभर जिउधन र सम्पत्तिमा भएको क्षतिप्रति महालक्ष्मी विकास बैंकले गहिरो दुःख प्रकट गरेको छ। बैंकले एक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्नुका साथै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत बैंकले गरेको छ।
विज्ञप्तिमा घटनाक्रमका क्रममा सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिप्रति पनि दुःख व्यक्त गरिएको छ। साथै, सुरु भइसकेको सरकार गठन प्रक्रियाले छिट्टै मुलुकलाई सामान्य अवस्थामा फर्काउने, शान्ति, सुशासन, निष्पक्ष व्यवसायिक वातावरण, आर्थिक स्थायीत्व र सुरक्षाको प्रत्याभूति दिलाउने विश्वास बैंकले व्यक्त गरेको छ।
यसैबीच, बैंकको लेकसाइड, पोखरा शाखा रहेको भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाएको छ। उक्त शाखाबाट प्रवाह हुने सेवा भने नजिकका शाखा कार्यालयमार्फत लिन सकिने जानकारी दिइएको छ।
लेकसाइड शाखा बाहेक बैंकका अन्य १०२ शाखा कार्यालय पूर्ण रूपमा सञ्चालनमा रहेको र सम्पूर्ण डिजिटल सेवाहरू सुरक्षित रुपमा सञ्चालन भइरहेका बैंकले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण