हेटौँडाका उपमेयर बानियाँमाथि हातपात, एक जना प्रहरीको नियन्त्रणमा
आइतबार, २९ भदौ २०८२, १३ : ४८
सारांश
- हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँमाथि बुद्धचोकमा आक्रमण भएको छ।
- आक्रमणबाट उपमेयर बानियाँलाई सामान्य चोट लागेको मकवानपुर प्रहरीले जनाएको छ।
- प्रहरीले आक्रमणमा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ र घटनाको थप अनुसन्धान भइरहेको छ।
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँमाथि आक्रमण भएको छ । आइतबार बिहान हेटौँडा–१ बुद्धचोकस्थित आफ्नो पसल अगाडी उपमेयर बानियाँमाथि आक्रमण भएको हो ।
आक्रमणबाट उपमेयर बानियाँलाई सामान्य चोट लागेको मकवानपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काकाअनुसार आइतबार बिहान १० बजे बुद्धचोकमा रहेको आफ्नो पसल अगाडी साथीभाइसँग बसिरहेको अवस्थामा बानियाँमाथि एक्कासि आक्रमण भएको थियो ।
आक्रमणमा संलग्न हेटौँडा–२ निवासी ५१ वर्षीय पुरुषोत्तम खड्कालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ । आक्रमणकारी पुरुषोत्तमले यसअघि पनि नेता विरोध खतिवडामाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण