‘माइतीघर’ र ‘बलिदान’ फूलपातीमै रिलिज हुने
सारांश
- जेनजी आन्दोलनको कारण केही फिल्म रिलिज प्रभावित भए पनि 'माइतीघर' र 'बलिदान' फूलपातीमै रिलिज हुने भएका छन्।
- 'माइतीघर' का निर्माता रोहित अधिकारीले फिल्म असोज १३ गते रिलिज हुने जानकारी दिए, साथै टिकटक प्रचार सुरु भएको छ।
- 'बलिदान' निर्माता सन्तोष सेनले पनि फिल्म फूलपातीमै आउने बताएका छन्, फिल्मले मातृभूमि प्रेम देखाउने बताए।
काठमाडौँ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण केही फिल्मको रिलिज प्रभावित भएपनि फिल्म ‘माइतीघर’ र ‘बलिदान’ भने फूलपातीमै रिलिज हुने भएका छन् ।
दुवै फिल्मका निर्माताले सामाजिक सञ्जाल मार्फत यस्तो जानकारी दिएका हुन् ।
‘माइतीघर’का निर्माता रोहित अधिकारीले सामाजिक सञ्जाल मार्फत फिल्म आगामी फूलपाती अर्थात् असोज १३ मै रिलिज हुने जनाएका छन् । उनले फिल्मको टिकटक प्रचार समेत आजैबाट सुरु भएको जनाएका छन् ।
मिलन तामाङको निर्देशनमा तयार भएको फिल्ममा रविन शेरचन र धिरज तामाङको पनि लगानी छ । ईश्वर श्रेष्ठ र नीरज कटुवाल फिल्मका कार्यकारी निर्माता हुन् ।
रोहित अधिकारीको प्रस्तुति रहेको फिल्ममा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजन, सङ्गीता थापा लगायतका कलाकारको अभिनय छ ।
त्यस्तै ‘बलिदान’ निर्माता सन्तोष सेनले फिल्म फूलपातीमै आउने बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यस्तो जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमा फिल्मको प्रचार गर्दै लेखेका छन्, ‘‘बलिदान’ ट्रेलरले कतिसम्म मातृभूमि प्रेमीको खुन उमाल्छ भन्ने सीमा छैन’ । यो दसैँमा ज्यान बलिदान ।’
फिल्म ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण