भिड्दैछन् भारत–पाकिस्तान : दबाबबिच के भन्छन् पाकिस्तानी पूर्वक्रिकेटर ?
सारांश
- आइतबार एसिया कपमा भारत र पाकिस्तानबीच खेल हुँदैछ, जसलाई लिएर क्रिकेट समर्थकहरू उत्साहित छन्।
- खेललाई लिएर पूर्वक्रिकेटर र समर्थकहरूले विभिन्न टिप्पणी गरेका छन्, दबाब र जितको महत्त्वबारे चर्चा भएको छ।
- प्रेस कन्फरेन्समा खेलाडीहरूले खेलको महत्त्व र आफ्नो तयारीबारे कुरा गरेका छन्, तर खेल रद्द गर्न माग पनि उठेको थियो।
काठमाडौँ । एसिया कप २०२५ मा आजको दिन महत्त्वपूर्ण छ । क्रिकेट समर्थकहरूले उत्सुकतापूर्वक आजकै दिन प्रतीक्षा गरिरहेका छन् । अर्थात् आइतबार एसिया कपमा भारत र पाकिस्तान एकअर्काविरुद्ध भिड्दै छन् । नेपाली समयअनुसार राति सवा ८ बजे यी दुई देश आमनेसामने हुँदै छन् ।
दुबईमा खेलिने यो खेललाई लिएर पूर्वक्रिकेटर र क्रिकेट समर्थकहरूबिच चर्चा भइरहेको छ। यसको चर्चा अन्तर्राष्ट्रिय मिडियादेखि राजनीतिक वृत्तसम्म पनि भइरहेको छ । पहलगाममा भएको चरमपन्थी हमला र त्यसपछि भारत र पाकिस्तानबिच चार दिनसम्म चलेको सैन्य संघर्षपछि दुवै देशका टोलीहरू पहिलो पटक आमनेसामने हुँदै छन् ।

भारतका विपक्षी कांग्रेससहित धेरै पार्टीहरूले सरकारसँग यो खेल रद्द गर्न माग गरेका थिए । जसपछि बीजेपी सांसद अनुराग ठाकुरले टोलीले यस खेलमा भाग लिएन भने प्रतियोगिताबाट बाहिर हुने बताएका थिए ।
भारतविरुद्ध पाकिस्तानले अन्तिम जित अक्टोबर २०२१ मा हासिल गरेको थियो । त्यसबेला आईसीसी टी–ट्वान्टी विश्वकपको एउटा खेलमा पाकिस्तान १० विकेटले विजयी भएको थियो ।
यसअघि १० सेप्टेम्बरमा भारतीय टोलीले यूएईसँगको आफ्नो खेल ९३ बल बाँकी रहँदै ९ विकेटले जितेको थियो । त्यसैगरी पाकिस्तानले १२ सेप्टेम्बरमा ओमानसँग खेलेको खेलमा ९३ रनले जित हासिल गरेको थियो ।
पाकिस्तानका पूर्वक्रिकेटरहरू के भन्छन् ?
‘गेम अन हे’ नामक एक कार्यक्रममा पाकिस्तानका पूर्वक्रिकेट खेलाडी मिस्बाह–उल–हक, उमर गुल, शोएब मलिक र शोएब अख्तरले आइतबार हुने खेललाई लिएर चर्चा गरे ।
पूर्व पाकिस्तानी कप्तान मिस्बाह–उल–हकले खेलअघि खेलाडीहरूमाथि हुने दबाबलाई लिएर टिप्पणी गर्दै भने, ‘खेलअघि खेलाडीको दिमागमा केही तनाव हुन्छ, के हुने हो, के नहुने हो भन्ने हुन्छ । तर उनीहरू सामान्य रहनुपर्छ । टिम व्यवस्थापन र कप्तानको भूमिका पनि जरुरी छ । खेलाडीहरूले जुन सोचिरहेका हुँदैनन्, त्यो पनि हुन सक्छ ।’

उनले पाकिस्तानको टोलीलाई सल्लाह दिँदै भने, ‘जब हामी खेल्थ्यौं, तब हाम्रो प्रयास हुन्थ्यो कि हाम्रो सुरुवात राम्रो होस् । एक पटक जुन टोलीले पहिले सट हान्छ, उसको मनोबल धेरै बढ्छ । त्यसपछि अर्को टोलीलाई खेल्न सजिलो हुँदैन ।’
त्यस्तै पाकिस्तानका पूर्वक्रिकेटर उमर गुलले भने, ‘मिडियामा भइरहेको चर्चा र समर्थकहरूको अपेक्षाका कारण यी दुई देशका खेलाडीहरूमाथि धेरै दबाब हुन्छ,’ उनले थपे, 'यस दबाबमा त्यही खेलाडीले राम्रो प्रदर्शन गर्न सक्छ जसले दबाब लिँदैन ।'
भारतविरुद्ध खेलमा जित हासिल गर्नुको महत्त्व दर्शाउँदै उनले यस खेल आफ्ना देशका लागि र खेलाडीहरूको लागि धेरै महत्त्वपूर्ण हुने बताए । 'हालैको समयमा हाम्रो जुन प्रदर्शन रहेको छ, त्यसका कारण हाम्रा धेरै समर्थकहरू रिसाएका छन् । खेलाडीहरूको लागि यो एउटा राम्रो मौका हो,' उनले भने, 'ती रिसाएका समर्थकहरूले एक पटक फेरि पाकिस्तानको टोलीलाई समर्थन गर्न सुरु गरून् ।’

यही कार्यक्रममा पाकिस्तानका पूर्वक्रिकेटर शोएब मलिकले भारतविरुद्ध पाकिस्तानको टोलीले ह्यान्डल गर्नुपर्ने मुख्य कुरा प्रेसर (दबाब) रहेको बताएका छन् ।
‘हेर्ने हो भने हामी अन्डरडग भनेर चिनिन्छौं । यो हाम्रो लागि एक मौकाको रुपमा पनि हेर्न सकिन्छ । त्यसैकारण टिमका खेलाडीको उत्कृष्ट प्रदर्शन पनि देख्न सकिन्छ । भारतसँग हुने खेल पाकिस्तानको लागि परीक्षा जस्तै हो,’ मलिकले भने ।
मलिकले खेलमा ११ जनामध्ये चार–पाँच जना खेलाडी मात्र चले खेल पाकिस्तानको पक्षमा हुने पनि दाबी गरे ।
‘टिमको चार देखि पाँच खेलाडी चल्दा जित निस्कन्छ । सबैभन्दा राम्रो पाकिस्तानले कम रनमा भारतको तीनदेखि चार विकेट निकाल्नु पर्छ । यस्तो भयो भने पाकिस्तानको टोलीले भारतलाई हराउन सक्छ । जितको दोस्रो मौका यो हुनेछ कि मिडिल अर्डरका दुवै स्पिनरले तीन–तीन विकेट लिऊन्। यदि उनीहरूका ब्याटरहरू आउट भएनन् भने गाह्रो हुनेछ,’ मलिकले भने ।
भारतको साथ खेलिएका धेरै खेलहरूमा पाकिस्तानको टोलीमा रहेका शोएब अख्तरले पाकिस्तानको टोलीलाई आइतबारको खेलमा अलराउन्डरहरूलाई उतार्ने चक्कर नपर्न सुझाव दिएका छन् । ‘एक छनोटकर्ताको नाताले सबै विकल्प राख्न सकिँदैन । टिमले जोखिम लिन पर्छ । राम्रो रणनीति अपनाएर भारतविरुद्ध जित निकाल्न सक्ने टोली उतार्नुपर्छ । तीन फास्ट बलर, दुई स्पिनर अनि बसै ब्याटरसँगै टिममा एक अलराउन्डर भए काफी हुन्छ,’ अख्तरले भने ।

भारतको विरुद्ध खेललाई लिएर उनले पाकिस्तानलाई डोमिनेट गर्न सक्ने बताए । पाकिस्तानको टोलीको मनोबल पनि कमजोर बनाउने काम हुन सक्ने बताए । भारतीय टोलीबारेमा उनको बुझाइ छ, ‘टोलीको मिडिल अर्डर धेरै बलियो छ, यो भारतको अहिलेसम्मको सबैभन्दा उत्कृष्ट ब्याटिङ लाइन-अप हो ।’
खेलअघि भएको पत्रकार सम्मेलनमा के देखियो ?
अल जजिराले आफ्नो रिपोर्टमा खेलअघि भएको प्रेस कन्फरेन्समा भारत र पाकिस्तानका कुराहरूलाई स्थान दिएको छ । भारतको तर्फबाट क्रिकेट टोलीका सहायक कोच रायन टेन डोशेट यसमा सामेल भए । पाकिस्तानको तर्फबाट युवा खेलाडी सईम अयूब प्रेस कन्फरेन्समा आए ।
शनिबार भएको पत्रकार सम्मेलनमा दुवैलाई धेरै मुस्किल प्रश्नहरूको सामना गर्नुपर्यो । रिपोर्टअनुसार जहाँ डोशेटले सतर्कतापूर्वक प्रश्नहरूको जवाफ दिए, त्यहीँ सईमले हालका खेलहरूमा पाकिस्तानले भारतलाई हराउन नसक्नुको कारणहरूमा उठेका प्रश्नहरूको सीधा–सीधा बेवास्ता गर्दै भने, ‘जो इतिहासमा भयो त्यो इतिहास नै हो ।’
रायनलाई सोधियो – पहलगाम हमलापछि देशमा मानिसहरूको भावनाहरू यस खेलसँग जोडिएका छन्, त्यसो भए खेलाडीहरूको मनोबलमा यसको असर हुनेछ ? जवाफमा डोशेटले भने, ‘यो संवेदनशील मामिला हो र थाहा छ कि खेलाडीहरूको दिमागमा यसको असर हुनेछ, किनकि उनीहरूले भारतीयहरूको संवेदनाहरूलाई देखाउनेछ ।’
यद्यपि उनले मैदानमा उत्रँदा खेलाडीहरूले आफ्नो भावना र संवेदनाहरूलाई पछाडि छोड्नुपर्ने र जतिसक्दो हुन्छ खेलाडीहरूले व्यावसायिक तरिकाले खेल्नुपर्ने बताए ।

पाकिस्तानका ब्याट्सम्यान सइम अयूबले अहिलेसम्म भारतविरुद्ध कुनै खेल खेलेका छैनन् । उनी प्रायः टोलीको लागि ओपनिङ ब्याट्सम्यानको रूपमा खेल्छन् तर हालको समयमा उनको प्रदर्शन राम्रो छैन । यस वर्षको मेदेखि खेलिएका १५ टी–ट्वान्टी खेलमा उनले केवल चार खेलहरूमा ४० भन्दा बढी रन बनाएका छन् ।
प्रेस कन्फरेन्समा आफ्नो प्रदर्शनसँग जोडिएको एउटा प्रश्नको जवाफमा उनले भने, ‘एकै खेलाडीबाट सधैँ खेल जिताउने अपेक्षा गर्न सकिँदैन । टोलीमा ११ खेलाडी हुन्छन् र हामी प्रयास गर्छौं, हरेक दिन कोही न कोही खेलाडीले राम्रो प्रदर्शन गरोस् । हामी मात्र मिहिनेत गर्न सक्छौं र आशा गर्छौँ नतिजा हाम्रो पक्षमा होस् ।’
टोलीको लागि यस खेलको महत्त्वलाई लिएर सइमले भने, ‘केही मानिसहरूका लागि यो ठुलो प्रतिस्पर्धा हुन सक्छ, तर हाम्रो लागि यो सिर्फ एउटा अर्को खेल हो, जहाँ हामीले आफ्नो प्रदर्शनमा सुधार गर्नुपर्नेछ ।’
बीबीसी हिन्दीबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण