जेनजीका नाममा वितण्डा निन्दनीयः मुख्यमन्त्री कँडेल
सारांश
- मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनको नाममा प्रतिशोध लिने काम भएको आरोप लगाए।
- उनले जेनजी आन्दोलनमा भएका तोडफोड र हिंसालाई निन्दनीय भनेका छन्।
- मुख्यमन्त्रीले युवाहरूलाई भड्काएर हिंसामा उतार्ने कार्य अस्वीकार्य रहेको बताए।
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनलाई प्रयोग गरी केही व्यक्ति तथा समूहले प्रतिशोध साध्ने काम गरेको आरोप लगाएका छन् । आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले जेनजीका नाममा वितण्डा मच्चाइँदा निजी तथा सरकारी निवाससहित सवारीसाधनहरूमा क्षति पुगेको जानकारी दिए ।
आन्दोलनकारीहरूलाई वास्तविक उद्देश्य थाहा नभए पनि व्यावसायिक लाभका लागि केही तत्त्व सक्रिय देखिएको उनले दाबी गरे ।
कँडेलले गणतन्त्र ल्याउने क्रममा राजनीतिक दलहरूले जिम्मेवारीभन्दा सत्तालाई प्राथमिकता दिएको स्वीकार गर्दै विकास र समृद्धि बेवास्ता भएकाले आज समर्थक भेट्न गाह्रो भएको टिप्पणी गरे ।
उनले जेनजी आन्दोलनका मागमध्ये सुशासन र भ्रष्टाचारविरुद्धका आवाज समर्थनयोग्य भए पनि तोडफोड, आगजनी र हिंसा निन्दनीय भएको बताए । ‘कतिपय अनुकरणीय कुरा छन्, तर त्यसका नाममा वितण्डा गर्नु गलत हो,’ उनले भने ।
मुख्यमन्त्रीले बेरोजगार युवालाई भड्काएर हिंसामा उतार्ने कार्य अस्वीकार्य भएको उल्लेख गर्दै विषम परिस्थितिलाई सामान्य पार्न सामूहिक पहल आवश्यक रहेकोमा जोड दिए । साथै, प्रदेश संरचनामा भएको क्षतिको अभिलेख राख्न र संघीय सरकारले आकलन सुरु गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण